१४ वैशाख २०८२ आइतबार
image/svg+xml २:५८ पूर्वाह्न
समाज

वर्षाले ल्याएको राहत : काठमाडौंको वायु प्रदूषणमा उल्लेखनीय सुधार

तस्बिर : जलवायु विज्ञ धर्मराज उप्रेतीको फेसबुकबाट

काठमाडौं उपत्यकाको वायु प्रदूषण स्तरमा उल्लेखनीय सुधार आएको छ। बुधबारदेखि परेको वर्षाले उपत्यकाको प्रदूषण घटाएको हो। आइक्यू एअरको तथ्याङ्कअनुसार काठमाडौं ११९ को वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) सहित विश्वका प्रदूषित सहरहरूको सूचीमा १२औं स्थानमा झरेको छ। 

आइक्यू एअरको पछिल्लो तथ्याङ्कअनुसार विश्वका सबैभन्दा प्रदूषित सहरहरूमा चीनको ग्वाङ्झाउ २८९ एक्यूआईसहित पहिलो, चोङ्किङ २०० एक्यूआईसहित दोस्रो, र सेन्जेन १८७ एक्यूआईसहित तेस्रो स्थानमा छन्। 

यस्तै, बङ्गलादेशको ढाका १८३, चीनको चेङ्दु १८०, हङकङ १६१, भारतको दिल्ली १५६, इन्डोनेसियाको जकार्ता १५३, पाकिस्तानको लाहोर १३२ र ताइवानको ताइपेई १२८ एक्यूआईसहित क्रमश: चौथोदेखि दसौँ स्थानमा छन्।

प्रकाशित: ३१ चैत्र २०८१ ०७:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App