७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

रातो प्लेट लेखेर पालिकाका गाडी दुरुपयोग

दैलेखको आठबिस नगरपालिकाले रातो नम्बर प्लेटमा चलाएका सरकारी गाडी। तस्बिर : नागरिक

दैलेखको आठबिस नगरपालिकामा सरकारी गाडी रातो नम्बर प्लेट प्रयोग गरेर प्रयोग गरेको पाइएको छ। सरकारी गाडी सेतो नम्बर प्लेट हुनुपर्नेमा रातो प्रयोग गरेर दुरुपयोग गरेको पाइएको हो।

नगरपालिकाले ठेकेदारमार्फत खरिद गरेका सरकारी गाडी र मोटरसाइकलहरु सेतो नम्बर प्लेट प्रयोग गर्नुपर्ने भए पनि आठबिस नगरपालिकाले खरिद गरेको २ वर्षसम्म रातो नम्बर प्लेट प्रयोग गरेर चलाएको हो। जसले गर्दा सरकारी कामभन्दा पनि व्यक्तिगत प्रयोगमा लगाइएको पाइएको छ।  

रातो नम्बर प्लेटका सरकारी गाडी नगर प्रमुख र उपप्रमुखले प्रयोग गर्दै आएका छन्। सरकारी गाडी रातो नम्बर प्लेट लगाएर व्यक्तिगत प्रयोग गर्दा पनि विरोध नहुने भएकाले यसरी दोहन गरिएको स्थानीयको आरोप छ।

यस विषयमा नगरपालिकासँग विवरण माग्दा भने सूचना दिएको छैन। जसका कारण रातो नम्बर प्लेटका गाडी जनप्रतिनिधिले खुलेआम प्रयोग गरेको पाइएको छ। जिन्सी शाखा प्रमुख बखत विकलाई रातो गाडीका बारेमा निवेदनसहित विवरण माग्दा प्रशासकीय प्रमुख नभएकाले दिन नसकिएको जवाफ दिएका छन्।  

दुई वर्षदेखि सरकारी गाडी रातो नम्बर प्लेट टाँसेर चलाइरहेका छन्। खरिदपछि टाँसिएको बागमती प्रदेश ०१ ०२७ च १६८९ रातो नम्बर प्लेट लेखिएको गाडी र मोटरसाइकल लु८०प ५१०७ नम्बरको रहेको छ। गोप्य स”चनाका अनुसार अन्य मोटरसाइकल पनि यसरी नै रातो नम्बर प्लेट राखेर चलाइएको छ।  

सेतो नम्बर प्लेट नगरी सञ्चालन हुँदा दुरुपयोग हुने गरेको आरोपसमेत नगरबासीले लगाएका छन्। सरकारी रकमबाट किनिएको गाडी सरकारी नम्बर प्लेट सेतोमै हुनुपर्ने समेत स्थानीयको भनाइ छ। यसरी सरकारी गाडीमा रातो नम्बर प्लेट हालेर चलाउँदा दुरुपयोग भएको थाहा नहुने भएकाले यसो गरिएको आशंका गरिएको छ। रातो नम्बर प्लेटका गाडी र मोटरसाइकललाई छिटै प्रक्रियामा लगेर रातो बनाउने नगरपालिकाका एक कर्मचारीले बताए।

प्रकाशित: २३ फाल्गुन २०८० १४:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App