नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सत्ता गठबन्धन लामो समय नटिक्ने कुरा पुन: दोहोर्याएका छन्। आइतबार चितवनमा कुराकानी गर्दै उनले नयाँ वर्ष २०८२ मा नयाँ सरकार बन्ने दाबी गरेका हुन्।
नयाँ वर्षमा नयाँ सरकारको सम्भावनाबारे सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘सरकारतिर हाम्रो ध्यान छैन्। तर परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ। त्यसकारण कुनै पनि सम्भावना छ।’
अध्यक्ष दाहालले यो वर्ष औसत रहेको पनि उल्लेख गरेका छन्। उनले सबै नेपालीहरूलाई नयाँ वर्षको शुभकामना पनि दिएका छन्।
प्रकाशित: ३१ चैत्र २०८१ ११:२० आइतबार