संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सिंगो नेपाललाई खुला संग्रहालय बनाउनुपर्ने बताएका छन्।
आइतबार ललितपुर पाटन दरबारस्थित जिर्णोद्वार तथा पुनर्निर्माण गरिएको देगुतलेजु मन्दिरको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा विविधतापूर्ण संस्कृति र प्रकृति रहेको भन्दै यसलाई विश्वमा प्रचार गर्न जरुरी रहेको जिकिर गरे।
मन्त्री पाण्डेले विविधतापूर्ण संस्कृतिलाई जोगाउनका निम्ति सबैले आ-आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने उल्लेख गरे। उनले नेपालको विविधतापूर्ण प्रकृति र संस्कृतिको प्रचार गर्न सक्ने विश्वबाट आउने पर्यटकहरूले नेपलको रसस्वादन गर्नसक्ने र त्यसबाट नेपालले आर्थिक आर्जन गर्न सक्ने बताए।
सिंगो नेपाललाई प्राकृतिक दृष्टिकोणले पनि प्राकृतिक गन्तव्यको रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए।
मन्त्री पाण्डेले नेपालमा संस्कृति, प्रकृतिको विविधतासँगै चाडपर्व, खानपानहरू पनि नयाँ र फरक-फरक रहेको उल्लेख गर्दै यसलाई विश्वमा प्रचार गर्नुपर्ने बताए।
प्रकाशित: २४ चैत्र २०८१ १२:०१ आइतबार