२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

बजेट शतप्रतिशत कार्यान्वयन गर्न सरकारले सामथ्र्य देखाउनुपर्छः महेश बर्तौला

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटलाई सतप्रतिशत कार्यान्वयन गर्न लाग्नुपर्ने बताएका छन्।

मङ्गलवार प्रतिनिधि सभाले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले सरकार बजेटलाई शतप्रतिशत कार्यान्वयन गर्न लाग्ने बताएका हुन्।

उनले बजेटलाई शत प्रतिशत कार्यान्वनय गर्न सरकारले आफ्नो सामथ्र्य देखाउनुपर्ने बताए। आएका सुझावहलाई अब आर्थिक वर्ष ०८२/०८३ को बजेट निर्माणका बेलामा समेटेर अगाडी बढ्ने उनको भनाइ छ।

उनले भने, ‘यसपटक जुन बजेट पारित भएको छ, यसलाई सतप्रतिशत कार्यान्वयन गर्नका लागि यो सरकार लाग्छ। हामी लाग्छौँ। अबको चुनौती भनेको बजेट कार्यान्वयनको हो। बजेट शतप्रतिशत कार्यान्वयन गर्ने तहमा सरकारले आफ्नो सामथ्र्य देखाउनुपर्छ। अहिले आएका सुझावहरुलाई अब ०८२/०८३ को बजेट निर्माणको बेलामा यसलाई समेटेर अगाडी बढ्छौँ।’

प्रकाशित: ११ असार २०८१ १७:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App