१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

यसकारण भयो संसद् स्थगन....

फाइल तस्बिर

शुक्रवार विवादकाबीच सुरु भएको संसद् १५ मिनेटका लागि स्थगन भएको छ। 

सरकार र प्रतिपक्ष दलहरुबीच विवाद भएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद् स्थगन गरेका छन्। 

नेपाली कांग्रेसका सांसद राजनकुमार केसीले बिहीबार प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरूले अनौठो र अचम्मको नाटक मञ्चन गरेर बाहिर गएको भनेपछि विवाद बढेको हो।

केसीले सांसदमा भनेका थिए, ‘हिजो राजनीतिक दलसम्बन्धी विधेयक पेस हुने बेला अनौठो र अचम्मको नाटक मञ्चन देखियो। गणपूरक सङ्ख्या पुग्छ की भनेर १०/१५ जना सांसदहरू बाहिर जानुभयो।’

केसीको भनाइको प्रतिवाद गर्दै एमालेका प्रमुख सचेतक पदम गिरीले आपत्ति जनाएका थिए। उनले केसीको आरोप झुटो रहेको भन्दै संसद् चल्न नदिन अडान राखे। प्रतिपक्षका सांसदहरू आ–आफ्नो स्थानमा उभिएर विरोध गरिरहे। 

यसबीचमा राप्रपाका प्रमुख सचेत ज्ञानेन्द्र शाहीले पनि बालकुमारी घटना नभएर हत्यो भएको कुरा प्रधानमन्त्रीले स्वीकार गरिसकेको र हत्यारालाई अहिले सम्म किन कारबाही नभएको सरकारले तुरुन्त जवाफ  दिनुपर्ने माग राखेका थिए। 

उनले प्रधानमन्त्री तथा गृहमन्त्रीमध्ये कसले जवाफ दिने हो तुरुन्त उपस्थित भएर जवाफ दिनुपर्ने बताए। 

यसपछि पनि संसद्मा नियमित होहल्ला भएपनि सांसद माधव सापकोटाले प्रतिपक्षका सांसदलाई राजीनामा गरेर सडकमा जान चेतावनी दिए।

उनले नेकपा एमाले र राप्रपाले संसद् कुनै हालतमा चल्न नदिने अडान दिएपछि यस्तो चेतावनी दिएका हुन। ‘तपाईँहरूको सांसद पद राजीनामा गरेर सडकमा जानुस्’, सापकोटाले भने, ‘यही संसद्मा बस्ने, अराजक हुने, उछृखंल हुने यो के तरिका हो।’

उनले संसद् नियमावलीको धारा २१ ‘ङ’ पढेर सुनाएका थिए। प्रतिपक्षलाई भने,‘ प्रतिपक्षलाई यो श्रवण गर्न अनुरोध गर्न पाउँछु। नियमापत्ति गरेर आफ्ना कुरा शानदार राख्नुपर्दछ।’ सापकोटाले प्रतिपक्षले संसद्मा देखाएको व्यवहार नियमसँगत भएको पटक–पटक जिकिर गरेका थिए।  ‘तपाईँहरूको आज सङ्ख्या बढी छ। सङ्ख्याको बल छ भन्दा बित्तिकै हाम्रा स्वरहरू दबाउन पाइन्छ?’, उनले प्रश्न गरे । 

यस बीचमा सभामुख देवराज घिमिरेले पटक–पटक रुलिङ गरेका थिए। तर विवाद साम्य नभएपनि उनले १५ मिनेटका लागि संसद् स्थगन भएको सूचना सुनाए। 

प्रकाशित: ११ फाल्गुन २०८० १२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App