२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

सत्ता टिकाउन प्रधानमन्त्रीले शक्ति राष्ट्रसँग सौदाबाजी गरे: प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता टिकाउनका निम्ति शक्ति राष्ट्रसँग प्रधानमन्त्रीले सौदाबाजी गरेको आरोप लगाएका छन्।

प्रेस चौतारी चितवनले भरतपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले देशको बाह्य सम्बन्धहरू असाध्यै नराम्रोसँग बिग्रिएको बताए।

'सत्ता टिकाउनका निम्ति जस्तोसुकै शक्तिहरू, पक्षहरूसँग पनि सौदाबाजी गर्ने सरकारको नीतिले गर्दा हाम्रो बाह्य सम्बन्ध र राष्ट्रहितमाथि आघात पुगेको छ,’ पूर्व परराष्ट्र मन्त्री ज्ञवालीले भने।

नेपालको स्वतन्त्र, असंलग्न, सन्तुलित नीतिमाथि गम्भीर विचलनहरू उत्पन्न भएको दाबी गरे।

'अर्थतन्त्र विकराल अवस्थाबाट गुज्रिरहेको छ,भ्रष्ट्राचार बढेको छ, समाजमा नैराश्यता बढेको, युवा पलायन बढेको, देश बन्दैन भन्ने भाष्य र नकारात्मक मनोविज्ञान बढेको छु,' उनले भने।

गठबन्धन सरकारका कारण मुलुक बहुआयामिक सङ्कटतिर धकेलिँदै गएको समेत बताए। ज्ञवालीले सरकार ‘मल्टिपल अर्गान फेलियर’ हुन लागेको मान्छे जस्तो अवस्थामा पुगिसकेको दाबी गरे।

उनले दस हजार मेगावाट विद्युत् बिक्री गर्ने नाममा मेचीदेखि महाकालीसम्मका ठूला नदीहरू भारतलाई होल्ड गर्न दिन लागिएको बताए। भारतीय दूतावासले गर्नसक्ने लगानी बढाएर स्थानीय तहलाई आफ्नो देशमाभन्दा बढी अर्को देशमा निर्भर हुने अवस्था सिर्जना गर्न खोजिएको उनको दाबी छ।

प्रकाशित: ७ माघ २०८० ०७:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App