सञ्चार सचिव कृष्णबहादुर राउतको १० महिनामै सरुवा भएको छ।सञ्चार मन्त्री रेखा शर्मासँग टसल परेपछि उनलाई वित्त आयोगमा सरुवा गरिएको हो।त्यहाँ रामकृष्ण सुवेदीलाई ल्याइएको हो । उनी मधेस प्रदेशको प्रमुख सचिवबाट गत चैतमा सञ्चार मन्त्रालयमा सरुवा भएका थिए।
नेपाल टेलिकमको नयाँ भवन निर्माण प्रक्रियामा मन्त्री र सचिवको कुरा नमिलेपछि उनलाई १० महिनामा सरुवा गरिएको स्रोतले जनाएको छ।करिब ४ अर्ब ६० करोड बढीको ठेक्कामा मन्त्री र सचिवबिच विवाद भएको कारण सचिव सरुवा हुनु परेको स्रोतले दावी गरेको छ।
प्रकाशित: २४ पुस २०८० १६:३२ मंगलबार