१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

उन्नाइस पदमा ५२ जनाकाे उम्मेदवारी

राष्ट्रियसभा निर्वाचन

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलका ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रियसभामा रिक्त १९ सदस्यका लागि ५२ जनाले सोमबार उम्मेदवारी दर्ता गराएको जानकारी दिएका हुन्।

‘राष्ट्रियसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलका ५२ जना उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन्,’ उनले भने, ‘आयोगको कार्यतालिकाअनुसार राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि सोमबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गराएका छन्।’

जसअनुसार कोसी प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट जम्मा पाँचजना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ।

कोसीमा महिला समूहका लागि नेकपा एमालेको तर्फबाट रुक्मिणी कोइराला र नेकपा माओवादी केन्द्रको तर्फबाट चम्पादेवी कार्की तथा अन्य समूहका लागि नेकपा एमालेको तर्फबाट पर्शुराम अधिकारी, नेपाली कांग्रेसको तर्फबाट कृष्णप्रसाद सिटौला र राप्रपाको तर्फबाट उद्धव पौडेलले उम्मेदवारी दर्ता गराएका छन्।

मधेसमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट गरी जम्मा पाँचजना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

मधेसमा महिला समूहका लागि नेकपा एमालेको तर्फबाट उषादेवी थरुनी र जसपा नेपालको तर्फबाट पूजा चौधरी तथा अन्य समूहका लागि नेकपा एमालेको तर्फबाट कुमारी विजेता झा, कांग्रेसका तर्फबाट आनन्दप्रसाद ढुंगाना र जनमत पार्टीका तर्फबाट रामशंकर महासेठले मनोनयन पत्र दर्ता गराएका छन्।

बागमती प्रदेशमा महिला समूहका लागि चार राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि तीन राजनीतिक दलका तर्फबाट, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि चार राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि चार राजनीतिक दलका तर्फबाट गरी जम्मा १५ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ।

बागमती प्रदेशमा महिला समूहका लागि नेकपा एमालेको तर्फबाट रोचकुमारी चौलागाईं, कांग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनी, राप्रपाको तर्फबाट बालकुमारी डल्लाकोटी र नेमकिपाको तर्फबाट कृष्णलक्ष्मी दुवाल, दलित समूहका लागि नेकपा एमालेको तर्फबाट ध्रुवराज विश्वकर्मा, नेकपा एकीकृत समाजवादीको तर्फबाट घनश्याम रिजाल र नेमकिपाको तर्फबाट संगीता नेपाली, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि नेकपा एमालेको तर्फबाट विवेक देवकोटा, नेकपा माओवादी केन्द्रको तर्फबाट श्रीकृष्णप्रसाद अधिकारी, राप्रपाको तर्फबाट भरतमणि भट्ट र नेमकिपाको तर्फबाट हिमालयेश्वरलाल मुल र नेकपा एकीकृत माक्र्सवादी लेनिनवादीको तर्फबाट त्रिलोचन निर्मल पौडेल, कांग्रेसको तर्फबाट जितजंग बस्नेत र राप्रपाको तर्फबाट हेमजंग गुरुङले मनोनयन पत्र दर्ता गराएका छन्।

गण्डकी प्रदेशमा महिला समूहका लागि तीन राजनीतिक दलका तर्फबाट, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट गरी जम्मा आठ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ।

गण्डकीमा महिला समूहका लागि नेकपा एमालेको तर्फबाट सम्झना देवकोटा, नेकपा माओवादी केन्द्रको तर्फबाट मनरूपा शर्मा र राप्रपाको तर्फबाट गौमाया श्रेष्ठ, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि नेकपा एमालेको तर्फबाट हेमचन्द्र शेरचन र कांग्रेसको तर्फबाट पदमबहादुर परियार, अन्य समूहका लागि नेकपा एमालेको तर्फबाट चक्रबहादुर पराजुली, कांग्रेसको तर्फबाट किरणबाबु श्रेष्ठ र राप्रपाको तर्फबाट रोमबहादुर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन्।

लुम्बिनी प्रदेशमा महिला समूहका लागि तीन राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि चार राजनीतिक दलका तर्फबाट गरी जम्मा सातजना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ।

लुम्बिनीमा महिला समूहका लागि नेकपा एमालेकी तुलसाकुमारी केसी, कांग्रेसको तर्फबाट विष्णुकुमारी सापकोटा र राप्रपाको तर्फबाट विजयलक्ष्मी सिंह, अन्य समूहका लागि नेकपा एमालेको तर्फबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री, नेकपा माओवादी केन्द्रको तर्फबाट झक्कुप्रसाद सुवेदी, राप्रपाको तर्फबाट निरञ्जनकुमार थापा र जनमत पार्टीको तर्फबाट बालगोविन्द चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।

कर्णाली प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि दुई राजनीतिक दलका तर्फबाट गरी जम्मा ६ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ।

कर्णाली प्रदेशमा महिला समूहका लागि नेकपा एमालेको तर्फबाट विमलाकुमारी शाही र नेकपा माओवादी केन्द्रको तर्फबाट सावित्री मल्ल, दलित समूहका लागि नेकपा एमालेको तर्फबाट हिक्मत विक र नेकपा माओवादी केन्द्रको तर्फबाट विष्णुबहादुर विश्वकर्मा र अन्य समूहका लागि नेकपा एमालेको तर्फबाट डिल्लीप्रसाद भट्ट र कांग्रेसको तर्फबाट कृष्णबहादुर रोकायले उम्मेदवारी दर्ता गराएका छन्।

सुदूरपश्चिम प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि दुई राजनीतिक दलका तर्फबाट गरी जम्मा ६ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ।

सुदूरपश्चिम प्रदेशमा महिला समूहका लागि नेकपा एमालेको तर्फबाट सावित्रादेवी घिमिरे, नेकपा माओवादी केन्द्रको तर्फबाट रेनु चन्द, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि नेकपा एमालेको तर्फबाट रामचन्द्र जोशी र कांग्रेसको तर्फबाट नारायणदत्त भट्ट र अन्य समूहका लागि नेकपा एमालेको तर्फबाट ईश्वरीप्रसाद खरेल र कांग्रेसको तर्फबाट बलदेव बोहराले उम्मेदवारी दर्ता गराएका छन्।

सातवटा प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ जना उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन्।

आयोगको निर्वाचन कार्यतालिका अनुसार पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण हुनेछ।

प्रकाशित: २४ पुस २०८० ०१:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App