४ वैशाख २०८२ बिहीबार
image/svg+xml ३:५७ पूर्वाह्न
राजनीति

सरकारलाई संसदीय समितिको निर्देशन : तीनकुने घटनाका दोषीमाथि तत्काल कारबाही गर

'तीनकुनेमा विरोध प्रदर्शन र सभा गर्न निदनु'

संसदीय समितिले तीनकुने घटनाको सत्य तथ्य छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले प्रत्यक्ष, अप्रत्यक्ष रूपमा संलग्न व्यक्तिलाई आवश्यक छानबिन गरी कानुनी कारबाही अघि बढाउन निर्देशन दिएको हो । 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई दिइएको निर्देशनमा तीनकुने आसपासका क्षेत्रमा अब कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्ना, लगायतका कार्यक्रम गर्न अनुमति नदिन भनिएको छ । 

समिति सभापति रामहरि खतिवडाका अनुसार तीनकुने घटना निन्दनीय रहेकाले राजावादीहरूले विरोध प्रदर्शन गर्दा भएको घटनाको भर्त्सना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

आगामी दिनमा यसप्रकारका हिंसात्मक घटना दोहोरिन नदिन एवं संविधान, कानुन एवं संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रक्षाको लागि गम्भीरताका साथ अघि बढ्न पनि सरकारलाई समितिले भनेको छ।

समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, लगायत सुरक्षा निकायलाई साधन श्रोत सम्पन्न बनाउन आवश्यक बजेटका लागि व्यवस्था गर्न नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको छ । 

प्रकाशित: २२ चैत्र २०८१ १६:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App