राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार राजधानीमा प्रदर्शन गरेको छ।
शुक्रबार प्रदर्शन राजधानीको सुन्धारादेखि शान्तिबाटिकासम्म पुगेर कोणसभामा परिणत भएको थियो ।
सडकमा आएका राप्रपाका नेता कार्यकर्ताले सरकारको विरोधमा नाराबाजी गर्दै झुटा मुद्दा खारेज हुनुपर्ने, राज्य आतङ्क बन्द गरिनुपर्ने, निष्पक्ष न्यायिक आयोग गठन गर्नुपर्ने, नागरिक स्वतन्त्रता काम गर्नुपर्ने लगायतका माग गरे ।
एक साताअघि राजधानीको तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिन, पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणासहित हिरासतमा रहेका सबै प्रदर्शनकारीलाई रिहा गर्न माग गर्दै राप्रपाले प्रदर्शन गरेको हो ।








प्रकाशित: २२ चैत्र २०८१ १५:१७ शुक्रबार





