६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै, राष्ट्रिय सभा चुनावबारे छलफल हुने

नेपाली कांग्रेसले आज कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टीका अनुसार उक्त बैठक आज दिउँसो १ बजे केन्द्रीय पार्टी कार्यालय सानेपामा बस्ने भएको छ।

बैठकमा राष्ट्रिय सभा निर्वाचन र उम्मेदवारबारे छलफल हुने जानकारी दिइएको छ। राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुने भएको छ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारहरूबारे समितिका सदस्यहरूलाई जानकारी दिने कार्यक्रम रहेको एक नेताले बताए।

बैठकमा पार्टीका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभाको सिट बाँडफाँटबारे भएका छलफलबारे  समितिका सदस्यहरूलाई ब्रिफिङ गराउनेछन्। यसअघि शनिवारका लागि तय भएको बैठक आजका लागि सारिएको जानकारी ती नेताले दिए।

प्रकाशित: २२ पुस २०८० ०१:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App