coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रतिवेदन तयार गर्दै प्रहरी

नक्कली भुटानी शरणार्थी प्रकरणबारे रायसहितको अनुसन्धान प्रतिवेदन लेखनमा नेपाल प्रहरीको टोली सक्रिय भएको छ।

प्रतिवेदन लेखन सकिएसँगै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने भएको छ। केही जरुरी प्राविधिक काम पूरा गर्न समय लाग्ने देखिएको जनाउँदै जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले भने, ‘आज (आइतबार) साँझसम्म पुरै टिम खटिएर काम गर्दा पनि केही जरुरी प्राविधिक काम पूरा हुन नसकेपछि सम्भव भएन, हामी काम सकेर प्रतिवेदन बुझाउने तयारीमा छौं।’

नक्कली भुटानी शरणार्थी प्रकरणबारे रायसहितको अनुसन्धान प्रतिवेदन लेखनमा नेपाल प्रहरीको टोली सक्रिय भएको छ।

प्रहरीले हालसम्म पक्राउ परेका १६ जनाको बयान लिइसकेको छ। यस्तै बयानको फोटोकपी जिल्ला सरकारी वकिल कार्यालयमा पु¥याइसकेको पनि छ। तर रायसहितको प्रतिवेदन, सक्कली फाइल तथा प्रमाणहरू भने अझै बुझाउन बाँकी रहेको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए।

उनले भने, ‘बयानसहित केही कागजातका फोटोकपी आएका छन्। अभियोजनको काम पनि सुरु गरेका छौं। तर आएका कुराहरूले मात्रै अभियोजनका काम सम्पन्न गर्न सकिन्न।’

उनले प्रकरणको अध्ययन गरी अभियोगपत्र तयार गरेर मुद्दा दर्तासम्मको प्रयोजनका लागि आठजनाको टोली पनि बनाइसकेको बताए।

प्रहरीले यो प्रकरणको अनुसन्धान गत चैत १२ गतेबाट सुरु गरेको थियो। सुरूमा ठगीसम्बन्धी कसुरमा अनुसन्धान थालेको प्रहरीले पछि धेरै व्यक्तिको संलग्नता खुल्दै गएपछि ‘संगठित अपराध’मा अनुसन्धान गर्न अनुमति लिएको थियो। जसअनुसार आरोपितलाई हिरासतमा राखेर अनुसन्धान गर्ने हदम्याद ६० दिनको रहन्छ। हदम्यादको समय मंगलबार सकिँदैछ। सोही दिन अभियोजन समेत गरिसक्नुपर्छ।

प्रहरीले यो प्रकरणको अनुसन्धान गत चैत १२ गतेबाट सुरु गरेको थियो। सुरूमा ठगीसम्बन्धी कसुरमा अनुसन्धान थालेको प्रहरीले पछि धेरै व्यक्तिको संलग्नता खुल्दै गएपछि ‘संगठित अपराध’मा अनुसन्धान गर्न अनुमति लिएको थियो।

यसै क्रममा आइतबार नै हिरासतमा रहेका संविधानसभा सदस्य आङटावा शेर्पाविरुद्ध ६ जनाको उजुरी परेको छ। अमेरिका पठाइदिने प्रलोभनमा जनही ६/६ लाख उठाएको दाबी गरिएको प्रहरी स्रोतको भनाइ छ। यता जिल्ला अदालत काठमाडौंले पक्राउ परेका सबै १६ जनालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। अब मंगलबारसम्म सबैजना हिरासतमा रहनेछन्।  

प्रकाशित: ८ जेष्ठ २०८० ०१:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App