६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले आज बुझाउँदै

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान सकेर आज सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाउने भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले दुई महिना लामो अनुसन्धान सकेर सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाउन लागेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यस प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ परेकाहरूमध्ये गृह मन्त्रालय अन्तर्गत हज समितिका अध्यक्ष शमशेर मियाँ र भुटानी शरणार्थी नेता टेकनाथ रिजालको बयान हिजो शनिवार सकिएको थियो ।  

यो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी , पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्व गृहसचिव टेक नारायण भण्डारी लगायतका व्यक्तिहरु प्रकाउ परेका छन । त्यसैगरी पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई,  नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा पक्राउ परेका छन।यस्तै बिचौलिया बनेका सागर राई, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, प्रहरीले पक्राउ गरेको छ। यसप्रकरणमा इन्द्रजित राईका छोरा निरज, बादलका छोरा प्रतिकसहित केही अझै फरार छन् ।

प्रकाशित: ७ जेष्ठ २०८० ०७:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App