८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

संविधानको रक्षा गर्दै कार्यान्वयनमा ध्यान केन्द्रीत गर्छु: नेता सिंह

नेपाली कांग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका नवनिर्वाचित सांसद प्रकाशमान सिंहले संविधानको रक्षा गर्दै कार्यान्वयन गर्न ध्यान केन्द्रीत गर्नुपर्ने बताएका छन्।  

शनिबार आफुलाई निर्वाचित गर्ने मतदातालाई धन्यवाद दिन आयोजित धन्यवाद ज्ञापन यात्रा का क्रममा क्षेत्र भरि घुमेका  नेता सिंहले संविधानलाई कमजोर गर्ने शक्तिहरु अहिले पनि सक्रिय भएकाले संविधानको रक्षा गर्दै कार्यान्वयन गर्न ध्यान केन्द्रीत गर्नुपर्ने बताएका हुन्।  

कांग्रेसको नेतृत्वमा जारी भएको संविधान यसअघिको प्रतिनिधिसभामा कांग्रेसले म्याण्डेड नपाएकै कारण अरु दलहरुले आवश्यक कानून बनाउन नसकेको र मुलुक राजनीतिक अस्थीरताको भूमरी परेको उनले बताए।  

नेता सिंहले संविधान नै काम लाग्दैन भन्नेहरु पनि संसदमा आउन लागेको र यसले नेपालको राष्ट्रिय राजनीति अस्थीर हुने देखिएकाले थप सजक हुनुपर्ने बेला आएको बताए। अहिले सबै दल जिम्मेवार बन्नु पर्ने बेला आएको उनको भनाइ थियो।  

तीनै तहको सरकारलाई बलियो बनाएर काम गर्न दिन आवश्यक कानून बनाउनेदेखि बिकास निर्माण लगाएतका काम सम्पन्न गर्न गठबन्धन मिलेर अघि बढ्नुपर्ने उनले बताए। 

प्रकाशित: १० मंसिर २०७९ ०९:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App