१३ पुस २०८२ आइतबार
image/svg+xml
समाज

मकवानपुरको चिसापानीमा यात्रुवाहक बस दुर्घटना

मकवानपुरको बकैया गाउँपालिका–३ चिसापानी बजारस्थित धरान–चतरा सडक खण्डमा बिहीबार राति यात्रुवाहक बस दुर्घटना हुँदा केही व्यक्ति गम्भीर घाइते भएका छन्।

सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको भिमफेदी गाउँपालिकाको कृषि तथा पशु शाखाको अगुवा कृषक भ्रमण टोली चढेको बा.प्र.०६–००१ ख ०२७० नम्बरको रिजर्भ बस राति करीब ९:३० बजे सडकको घुम्तीमा अनियन्त्रित भइ दुर्घटना भएको हो।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी हातिसुडे र ईलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी नायब निरीक्षक जनक बहादुर तामाङ र रामशरण दुलालको नेतृत्वमा टोली घटनास्थल पुगेर उद्धार कार्य थालेको थियो। सबै घाइतेलाई तत्काल उद्धार गरी हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

बसमा कति यात्रु सवार थिए भन्ने यकिन भइनसकेको बताइएको छ। घटनास्थलमै रहेका प्रहरीका अनुसार २–३ जना गम्भीर घाइते देखिएका छन्। बस भने घटनास्थलमै रहेको छ र घाइतेहरूको विवरण संकलन भइरहेको छ।

सडकमा सवारी अवरोध भने नरहेको जनाइएको छ। दुर्घटनाका कारणबारे अनुसन्धान भइरहेको छ।

प्रकाशित: २७ चैत्र २०८१ २३:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App