१९ कार्तिक २०८३ बिहीबार
image/svg+xml
राजनीति

आईजीपी विवादमा गोकुलको व्यंग्य : घण्टी घनचक्करको घन अदालत कि पशुपतिमा बज्रला ?

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाल प्रहरीको नेतृत्व परिवर्तनलाई लिएर व्यंग्यात्मक टिप्पणी गरेका छन्।

प्रहरी संगठनमा विगतमा भएका नेतृत्व परिवर्तनका घटनालाई स्मरण गर्दै उनले अहिलेको दानबहादुर कार्की र मनोज केसीबीचको नेतृत्व विवादले पनि नयाँ राजनीतिक तथा कानुनी बहस सिर्जना गर्न सक्ने संकेत गरेका छन्।

सामाजिक सञ्जालमार्फत बाँस्कोटाले अच्युतकृष्ण खरेल र ध्रुवबहादुर प्रधानबीचको तत्कालीन विवाद, वामदेव गौतमको निर्णय तथा रुक्माङ्गद कटवालको प्रसंगसमेत उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘अच्युत कृष्ण भर्सेस ध्रुवबहादुर रडाकोले एक दशक पुलिस थलियो र वामदेव लहडले एमालेलाई है है भो। रुक्माङ्गदले माओवादी ओरालीको मृग। अब अहिलेको कार्की-केसी घण्टी घनचक्करको घन अदालत कि पशुपतिमा बज्रला?’

प्रकाशित: १९ कार्तिक २०८३ ०९:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App