बझाङमा चट्याङ लागेर एक जनाको निधन भएको छ।
आज (बिहीबार) साँझ जिल्लाको वित्थडचिर गाउँपालिका–३ मा पानीसँगै आएको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए।
जिल्लामा लगातार पानी र अझै चट्यानको जोखिम भएको हुँदा सबैलाई सतर्क रहन पनि उनले आग्रह गरे।
प्रकाशित: २७ चैत्र २०८१ २३:३८ बुधबार





