नमिलेको ‘घ’

अब त कुरा बुझ्यौ होला नि । कसैसँग नडराउनु है । राम्रो काम गर्नु है । आफैं राम्रोसँग पढ्नु नि फेरि । नपढी ठूलो मान्छे हुन पाइँदैन नि । ल है त राम्रोसँग ‘क’ ‘ख’ ‘ग’ ‘घ’ लेख्नु । ‘ए’ ‘बी’ ‘सी’ ‘डी’ लेख्नु । पढ्नु नि तर मैले जस्तो नमिलेको ‘घ’ लेखेर अब अरू साना नानीबाबुहरूले कुटाइ खान हुँदैन नि !