coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

लकडाउनमा छोरीसित

मन्दिरा शर्मा पौडेल

 मन्दिरा शर्मा पौडेल

विश्वभर फैलिएको कोरोना महामारीबाट नेपालमा पनि अछुतो रहेन । यही कारण नेपाल सरकारले हाम्रो देशमा पनि लकडाउन घोषणा गरयो र तपाईहामी घरमै थुनिन बाध्य भयौं । फेसबुकमार्फत सबैले आआफ्नै तरीकाको दिनचर्या पाइयो ।  

म पनि मेरी छोरी प्रिसिलासित घरैमा रमाएँ । उनी  भर्खरै २ वर्षमा पुगिन्  । उनको भर्खरै बोली फुट्दै छ । उनी राम्रोसँग बोल्न सक्दिनँ तर भन्ने खोजेको कुरा राम्रोसँग बुझाउन खोज्छिन् ।

नानीहरूको बोलीमा छुट्टै आनन्द हुने रहेछ । चराहरूको चिरबिर, झरनाको झरझर र नानीहरूको बोली उस्तै लाग्छ मलाई । कति पीडाको बीच पनि  हलुको बनाउने रहेछ मनलाई । स्वर्गीय आनन्द मिल्ने रहेछ  नानीहरूको बोलीमा।

ओछयानमा यताउति पल्टिदै बामे सर्न थालेकी छोरी तातेताते गराउँदै हिँडाउँदा कम्ती मजा आएको थिएन । अहिले त टुकुटुकु हिँड्न थालेकी छिन् ।  नानीहरू टुकुटुकु हिँडेको र मुसुमुसु हिँडेको दृश्य हेर्दा आमाको पनि बिहानी हिमालजस्तै हुने रहेछ ।

यसरी लकडाउनमा छोरीसित रमाइलोसँग दिन बिताइयो । मैले छोरीलाई ‘कख’ र ‘एविसिडी’ सिकाएँ  । अहिले उनी दुखसुख ‘कख’ र ‘एविसिडी’ भन्ने भएकी  छिन्  ।

मेरी छोरी मोबाइल भनेपछि भुतुक्कै हुन्छिन् । अहिलेको संसार एउटा सानो मोबाइलभित्रै अटाएको छ । मोबाइलमा नानीहरूलाई उपयोगी हुने  भिडियोहरू पनि हुन्छन् । मोबाइलबाटै सात समुद्रपारि रहेको आफन्तसित हामी एक आपसमा हेराहेर गरेर बोल्न सक्छौं । दुखसुखका बात मार्न सक्छौं ।

हरेक चीजको राम्रो र नराम्रो दुवै पक्ष हुन्छन् भनेजस्तै मोबाइलको पनि राम्रो र नराम्रो दुवै पक्ष छन् । त्यहाँ राम्रोसँगै नराम्रो कुरा पनि राखिएको हुन्छ । नानीहरूलाई कुन हेर्ने किन हेर्ने भन्ने थाहै हुँदैन । त्यसैले हामी अभिभावकले निकै सचेतता अपनाउनुपर्ने हुन्छ ।

मेरी छोरी त झन् सानी छिन् । त्यसैले म कार्यतालिकाअनुसार नानीलाई मोबाइलमा भुलाउँछु । उनले मोबाइलबाट धेरै कुरा सिकेकी छिन् । अहिले प्रायः नानीहरू मोबाइलमै झुम्मिरहेको भेटिन्छ । यसले गर्दा उनीहरू आमाबाबुसँग राम्ररी घुलमिल हुनै पाउँदैनन् ।  हामी प्रत्येक घरघरका अभिभावकहरूले निकै सचेत हुनुपर्छ । भविष्यको कर्णधार नानीहरूलाई सही बाटामा डोरयाउन हाम्रो महत्वपूर्ण भूमिका रहेको हुन्छ । 

प्रकाशित: २२ असार २०७७ ०८:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App