पूर्वयुवराज पारस शाहको पेसमेकरको व्याट्री फेरिएको छ। आज (बिहीबार) बिहान नर्भिक अस्पताल पुगेका उनको पेसमेकरको व्याट्री फेरिएको नर्भिक अस्पतालका मिडिया संयोजक अजय मिश्रले जानकारी दिए।
उनका अनुसार पेसमेकरको व्याट्री सकिन लागेपछि पूर्वयुवराज शाह आज बिहान अस्पताल पुगेका थिए। डा. यादवदेव भट्टको नेतृत्वमा रहेको चिकित्सकको टोलीले शाहको उपचार गरेको छ।
प्रकाशित: १९ चैत्र २०८२ १३:३२ बिहीबार





