१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

यो मतादेशको जिम्मेवारी पूरा गरेर देखाउँनेछौँ: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले रास्वपालाई दिएको मतादेशको जिम्मेवारी पूरा गरेर देखाउने प्रतिवद्धता जनाएका छन् ।  

प्रतिनिधि सभाको आजको बैठकमा आफ्नो धारणा राख्दै लामिछानेले अब काम गर्ने बेला भएको र कामबाट पछि हट्ने छुट नहरेको बताएका छन‍् ।  

उनले आफ्नो दलका सांसदलाई प्रश्‍न सोधेर आएको पार्टी रास्वपा भएको बताउँदै अब रास्वपा प्रश्न सोध्नमात्र होइन जवाफ दिन पनि जान्दछ भन्ने हिसाबले काम गर्ने बताए ।  

जनताका काम र जनमुखी काम गर्न पार्टी र सरकार दृढताका साथ अघि बढाउने बताउँदै उनले प्रधानमन्त्रीले बोलेर वा काम गरेर जनताको पक्षमा भएका कामको जवाफ दिने लामिछानेले बताए ।

प्रकाशित: १९ चैत्र २०८२ १४:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App