नेकपा एमालेका सांसद गुरु बरालले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको तत्काल रिहा गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा आफ्नो मन्तव्य राख्दै सांसद बरालले सरकार संविधान अनुसार चल्नुपर्ने बताए ।
पार्टी अध्यक्ष पक्राउको विरोधमा भएको शान्तिपूर्ण प्रदर्शनमा भएको दमन किन भन्ने प्रश्न गर्दै बरालले संसदमा प्रतिनिधित्व गर्ने सांसद नै घाइते भएको बताए ।
उनले शान्तिपूर्ण विरोधमा किन लाठीचार्ज भयो भन्ने प्रश्न गर्दै छानविन गर्न सरकारले समिति बनाउनुपर्ने माग गरेका छन् ।
प्रकाशित: १९ चैत्र २०८२ १४:२९ बिहीबार





