१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश खारेज गर्न दुई तिहाइ दिन्छौं: ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई आफ्नो दलले साथ दिने बताएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रदेश खारेजीका लागि आवश्यक दुई तिहाइ बहुमत पुर्‍याइदिने बताएका हुन्।

देशमा ८८४ जना सांसद रहेको र प्रदेश पाल्न मात्रै वार्षिक १ खर्ब रुपैयाँ खर्च भइरहेको उनले सुनाए। राजनीतिक दलका कार्यकर्ता व्यवस्थापन गर्न मात्र ल्याइएको प्रदेश संरचना खारेज गर्न सरकार अघि बढे राप्रपाले पूर्ण समर्थन गर्ने उनको भनाइ छ।

‘यही संसदबाट यही सरकारले खारेज गर्छ भने दुई तिहाइ बहुमत पुर्‍याउन १८४ चाहिन्छ, हामी पुर्‍याउँछौं,’ संसदमा सम्बोधन गर्दै शाहीले भनेका छन्।

यसैगरी, नेता शाहीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।

शाहीले देशको सार्वभौमसत्ता र राष्ट्रिय एकताका लागि संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गर्नुपर्ने दाबी गरेका छन्। नेपाल कुनै दल वा नेताले नभई राजसंस्था र जनता मिलेर बनाएको भन्दै उनले संवैधानिक राजसंस्थाबारे गम्भीर विमर्श सुरु गर्न माग गरेका हुन्।

प्रकाशित: १९ चैत्र २०८२ १६:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App