coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

आजभोलि

बालकविता

स्मृति अधिकारी

स्मृति अधिकारी

कक्षाः १०, विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय, स्वयम्भू, काठमाडौं ।

हरेक अँध्यारो रातपछि अवश्य घाम झुल्किन्छ।

टन्न धन कमाउने सोचले विदेशिएका युवाहरू

कोही रातो बाकस त कोही क्वारेन्टिनमा छन् आज।

ऋण फिर्ता गर्न नसकेपछि

घरबारविहीन भएका छन् आज।

दुःख गरी रोपेको अन्न राम्रो नफलेपछि

कोरोनाको भन्दा भोकतिर्खाको डर बढी छ आज।

बुद्धको भूमि,

शान्तिभूमि हो नेपाल।

लिपुलेक र कालापानी बचाउन खटिएको छु आज

भोलि के होला, कसैलाई थाहा छैन।

चारैतिर कोरोनाको त्रास र चिन्तामा छन् सबै

मास्क लगाऔं, भीडभाड नगरौं, घरमै बसौं।

विकास हुनेछ, भूमि पनि फिर्ता पाइन्छ

एकतामा बाँधिए सबै।

हरेक अँध्यारो रातपछि अवश्य घाम झुल्किनेछ ।

प्रकाशित: २४ असार २०७७ ०७:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App