८ वैशाख २०८१ शनिबार
अन्य

दुई बालकविता

रामकुमार पण्डित क्षत्री

उड्ने जहाज

टुक्राटुक्रा जोडेर

कागजको मोडेर

बन्यो उड्ने जहाज

खुसी भएँ म आज

हाहा गरी फुकेर

उडाइदिएँ कुदेर

माथि पुग्यो सनन

सेरोफेरो फनन

ए है साथी हेर न  

थोत्रो कापी बेर न  

बने उड्ने जहाज

माथि पुग्ने पहाड ।

 मोबाइल

भन्नुहुन्छ आमाले मोबाइल नखेल

पढ्नुपर्छ पुस्तक चलचित्र नहेर

मनलाग्छ मलाई सिक्नलाई प्रविधि

कस्ताकस्ता खेल ती रमाइलो के विधि

खेल खेल्ने भन्दैमा पढ्नै कहाँ छोड्छु र

साथीसँगी भाइको साथ कहाँ मोड्छु र

आज्ञाकारी भएर अध्ययन गरिन्छ  

खेल्दै पढ्दै गरेर जँघार नै तरिन्छ  

सपना छ एउटा नयाँ खेल बनाउँ

धेरैलाई खेलाई नाम आफ्नो कमाउँ

गर्न सक्छ उसैले ज्ञान लिन्छ जसले

मेरी आमा बुझ्दिनन् भनी देला कसले ।

प्रकाशित: २१ असार २०७७ ०७:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App