१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

सफलताका लागि सकारात्मक सोच

यमुना प्रधानाङ्ग ‘मुना’

यमुना प्रधानाङ्ग ‘मुना’

हाम्रो मनमा सकारात्मक र नकारात्मक आइरहने दुवै भावहरूलाई हेर्ने हो भने सकारात्मक लिन सक्नेले मात्र जीवनमा सफलता हासिल गरेको बढी देखिन्छ ।  सफलताका लागि सकारात्मक सोच हुनैपर्छ । नकारात्मक त जीवनको गोरेटोहरूका अवरोध हुन् । यसले त दुःख मात्र निम्त्याउँछ भन्ने गरिन्छ । त्यसो भनेर सकारात्मक मात्रै सोच सतप्रतिशत लिनुपर्छ भन्न खोजेको चाहिँ होइन ।

उद्गमस्थल चीनको वुहान शहर  भए पनि विश्वका धेरै देशहरूमा कोरोनाको फैलिएकै कारण आज मानिसहरू आक्रान्त छन् ।  ‘लक’ भनेको बन्द त थाहा थियो तर यसरी घरभित्रै बन्द भएर बस्नुपरेको घटना कसैलाई थाहा थियो होला र । कोरोनाका कारण  दुख देखियो भोगियो । विश्वकै अर्थतन्त्र धराशायीमा परेका छन् । कति मानिसहरूका रोजगारी खोसिएको अवस्था छ  ।

यति हुँदाहुँदै पनि सकारात्मक पक्ष लिने हो भने फाइदैफाइदा – टाढिएको आफन्तहरू नजिकिएका छन् । भड्किदो संस्कार र संस्कृति भोलिका दिनमा सरल र  सीमित रहन चेतना ल्याएको छ । स्वरोजगारतिर उन्मुख हुन पाठ सिकाएको छ । प्राकृतिक र प्रकृतिको वातावरणमा स्वच्छता ल्याएको छ । सधै व्यस्त रहने हाम्रा परिवारहरू  बीचमा नजिक गराएकोे छ ।

आफ्ना अभिभावकहरूसंग बस्न पाउँदा सन्तानहरूमा खुसी  छाएको विश्वास छ । हाम्रा नानीबाबुहरूले आफूमा भएको प्रतिभालाई उजागर गर्न समय उपलब्ध गराएको छ । नानीबाबुहरू पढाइलाई मात्र ध्यान दिनु पर्दा घरमा भएका हाम्रो स्वास्थ र जीवन उपयोगीका कतिपय सामानहरूबाट  अनभिज्ञ थिए होला र । चिन्ने जान्नेबुझ्ने अवसर दिएको छ,  त्यो  नगुमाउनु भन्न चाहन्छु । बेलाबेलामा साबुनपानीले हात धुँदा हुने फाइदाको बारेमा पाठ सिकाएको छ । त्यसैले कोरोनाको भीडबाट  हामी डराउनु पर्दैन । सामाजिक दूरी  कायम गरौं । बिनाकाम कोही पनि घरबाट बाहिर नजाऔँ । आफू पनि बचौँ अरूलाई पनि बचाऔँ ।

प्रकाशित: २० असार २०७७ ०८:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App