आफ्नै घरमा बसौँ
आफ्नै घरमा एक्लै बस्यो एक्लै पढ्यो खायो मेरो घरमा नआऊ भन्ने कस्तो दिन आयो कुन घरमा को बस्दै छन् नाम ठेगाना सोद्धै आफै आउन्न कोरोना त्यो हामीलाई खोज्दै टेलिभिजन त्यै भन्दैछ, रेडियो त्यै भन्छ त्यही भएर मलाई पनि घरै बस्न मन छ
आफ्नै घरमा एक्लै बस्यो एक्लै पढ्यो खायो मेरो घरमा नआऊ भन्ने कस्तो दिन आयो कुन घरमा को बस्दै छन् नाम ठेगाना सोद्धै आफै आउन्न कोरोना त्यो हामीलाई खोज्दै टेलिभिजन त्यै भन्दैछ, रेडियो त्यै भन्छ त्यही भएर मलाई पनि घरै बस्न मन छ
यो रूखो तनलाई धैर्यको हरियालीले भरेर यो आजित मनमा सतर्कताको बीज छरेर कालो रङ्गले पोतिएको जीवनको क्यानभासमा आत्मविश्वासको नयाँ रङ्ग कोरेर, सबैको जीवन रङ्गाउनु छ।
योगले तन र मनमा फूर्ति आउँछ । योगका कारण विचार स्वच्छ हुन्छ । यदि विचार स्वच्छ भएमा हाम्रो मानसिक अवस्था पनि सुधार गर्न सकिन्छ। योगका कारण आज धेरै बिरामीले नयाँ जीवन पाएका छन् ।
हाँस्दै आर्याले भनिन, ‘यहाँ पार्क छैन । यहाँ त खेतबारी छ । हाम्रा खेतमा मकै फलेका छन् । काँक्रा फलेका छन् । आँप ठूल्ठूला भएका छन् । कति रमाइलो छ । अब केही दिनपछि धान रोप्ने बेला हुन्छ, झन् रमाइलो हुन्छ ।’
‘जसले बनाए पनि यो महान् कार्य हो । यस्तो उकालोमा चौतारो, पानीको धारा र पाटी बनाउने परोपकारीलाई सबैले श्रद्धापूर्वक नमन गर्नुपर्छ’ रमिलाले भनी ।
अघिपछिभन्दा मैले पिंजडालाई आज धेरैबेर नियालेर हेरें । थुनिएर बस्नुपर्दाको पीडा महसुस गरें र भनें , ‘पट्टु हेर न अहिले म पनि तिमीजस्तै भएको छु । तिमी पिंजडाभित्र थुनिएका छौ । म घरभित्र थुनिएको छु ।’
मलाई अहिले पनि सलहदेखि रिस उठिराख्या छ । लाटो रिस उठेको छ । लाटो रिस भनेको कहिले शान्त नहुने रिस हो । त्योसँग बोल्दै नबोल्ने रिस हो । त्योसँग सधैं झगडा गरिरहने । यही हो लाटो रिस भनेको । देशकै सबै सलह मरेपछि मेरो रिस शान्त हुन्छ तर सजिलैसँग मर्दैन जस्तै लाग्छ ।
हामीले आफैलाई स्वतन्त्र छोड्नुपर्ने रहेछ । जसरी रूखको हाँगामा बसेको चरालाई हाँगो भाँचिएला र लडिएला भन्ने डर हुँदैन । चराले आफ्नो पखेटामा विश्वास गरेर नै रूखमा बसेको हुन्छ । हामी पनि सधैँ आफ्नो क्षमतामा विश्वास गर्नुपर्छ । काम गर्दै जाँदा बिस्तारै सिकिन्छ र आफूमाथि पनि विश्वास बढ्दै जान्छ । संसार जित्ने मानिसले नै हो ।
हेर न रश्मि, यो कोरोना र बन्दाबन्दीले नयाँ पाठ सिकायो । अब यो सफा मौसम बन्दाबन्दीपछि पनि कसरी कायम राख्न राख्न सकिएला भनेर चिन्तन गर्न पो लागेको छु मैले त ।
स्थानीय स्रोत र साधनको उपयोग नहुनु, स्थानीय सरकार र प्रदेश सरकारले केन्द्रीय सरकारकै मुख ताक्नुपर्ने, नातावाद, आफन्तवाद, नेता वा राजनीति दलको झोलेवाद, संविधान र ऐनकानुनको कार्यान्वयन हुन नसक्नु आदिको कारण संघीयता असफल हुने होकि भन्ने आशंका उत्पन्न भएको छ ।
आजकाल मानिसहरू कामको बोझ र व्यस्तताले धेरै नै चिन्तित हुने गर्छन् । धेरै चिन्ता लिनाले मानिसहरूमा डिप्रेसन जस्तो भयानक मानसिक रोग देखापर्ने गरेको छ । यस्ता मानिसहरूका लागि योग र ध्यानको महत्व निकै हुन्छ । योग र ध्यान गर्नाले मानिसको मानसिक स्वास्थ्य निकै राम्रो हुने कुरा वैज्ञानिकहरूले पुष्टि गरेका छन् ।
असारलाई मानो खाएर मुरी उब्जाउने समय पनि भनिन्छ । असार वर्षा हुने समय भएकोले पनि नेपालका अधिकांश क्षेत्रमा रोपाइँ गरिन्छ । पहाड तथा तराई क्षेत्रमा नदी, खोलाबाट नहर, कुलो आदि बनाएर खेतसम्म पानी लैजाने व्यवस्था गरिएको हुन्छ । सबै ठाउँमा यस्तो सुविधा हुँदैन ।
रासायनिक विषादीको प्रयोगलाई न्यूनीकरण गर्दै स्थानीय स्रोतसाधन प्रयोग गरी जैविक पद्धतिबाट शत्रुजीव व्यवस्थापन गरी दिगो कृषि विकास र जैविक कृषि क्रान्तिमा एकीकृत शत्रुजीव व्यवस्थापन प्रणालीले विशेष योगदान पु-याउन सक्छ।
शिक्षक त्यस्तो व्यक्ति हो, जसलाई मैनबत्ती नै मान्नुपर्दछ । मैनबत्ती आफू बलेर सिद्धिँदै जान्छ तर अरूलाई उज्यालो छर्न कन्जुस्याइँ गर्देन । यसरी हेर्दा राष्ट्रको साख र प्रतिष्ठा जोगाउने र शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा अगाडि बढाउने निजी विद्यालय र यसका शिक्षक तथा कर्मचारीहरूलाई बेवास्ता गर्न मिल्दै मिल्दैन ।
मैले साँच्चै प्रकृतिसँग नजिक हुन पाएँ । हामीले पुस्तक पढेकोभन्दा देख्दा अर्काे अनुभव हुँदो रहेछ । मैले चौरीगाई, गाई, भैसी, बाख्रा, ढुकुर, चील, स्याल, जुरेली, सारस, भंगेरा, भ्याकुर लगायतका पशुपन्छीहरू देख्ने अवसर पाएँ । अझ असार महिना गाउँमा धेरै रमाइलो हुँदो रहेछ ।
मकै दाइ, म सानो छु तर मेरो धेरै महत्व छ । म धामीको जोखना, देवताको अछेता, आशीर्वादको टीका, प्रसादमा अपुङ्गो र शुद्ध खानामा खीर आदि भएर लोकप्रिय छु । जहाँ म पुग्छु त्यहाँ कल्पनामा पनि पुग्न सक्नु हुन्न ।
खुत्रुकेको फुटेको देख्दा म रोएँ । किनकि त्यसमा टन्नै पैसा थियो । पैसाचाहिं कहाँ गयो भनेर म रोएँ । मलाई बाबाले फकाउनुभयो । अब अर्काे खुत्रुके किन्नी, नरोऊ भन्नुभयो । पाइयो भने आजै किन्दिनी भन्नुभयो । पैसा बैंकमा लगेर राख्नी भन्नुभयो । अनि बैंकमा लगेर राख्दिनु पनि भयो ।
नातिनीको आइप्याड उनका लागि शिक्षक भएको छ । उनको अनलाइन क्लास छ । त्यही आइप्याडमा उनले क्लास लिन्छिन् । आइप्याडमै होमवर्क पनि गर्छिन् । तर जति बेला पनि आइप्याडमा झुन्डिन्नन् । बाबुआमा, हजुरबाहजुरआमासँग खेल्छिन् । पिङ खेल्छिन् । बेलामा सुत्छिन् । बेलामा खानेकुरा खान्छिन् ।
बालबालिकाहरू हातेमालो गरेर स्कुल गएको दिन हेर्न पाइयोस् । कोरोनाले आफ्नो बाटो तताओस् । बरु सधैं हात मिचीमिची धोऔंला । आत्मीय भत्काउलाझैं आएको सामाजिक दूरीले डाँडा काटोस् भन्ने सबैको चाहना र इच्छा छ ।
‘त्यस्तो हुन्न नि जनावरले पनि आफूलाई माया गर्ने मान्छे चिन्छ । उसलाई माया दिन सके उसले पनि हामीलाई माया नै दिन्छ तर हामीले उसलाई अनावश्यक रूपमा जिस्काउने चलाउने गर्नु हुँदैन ।’ बाबाले आमालाई बुझाउँदै भन्नुभयो ।
विश्वमा फैलिंदै गएको महामारीले दिनहुँ सयौं मान्छे मर्दै गएको समाचार सुनेर यो महामारी नेपालमा पनि फैलियो भने भयावह हुन्छ भन्ने कुराले सबै मान्छे डराउन थाले । जसको फलस्वरूप हाम्रो कलेजले फेरि टुरको कुरा स्थगित गरयो । केही दिन अगाडिसम्मको योजन काँचका चुरा फुटेझैं झरयामझुरुम भए ।