विद्यार्थीहरूमा हुने सिर्जनात्मक लेखन क्षमता
प्रतिभा भनेको बालबालिकामा रहेको आन्तरिक वा जन्मजात खूबी हो । देखेपछि लेखिहाल्न मन लाग्ने र धूलोमा पनि संसार खोज्ने खूबी भनेकै प्रतिभा हो । प्रतिभा हुँदाहुँदै पनि उसले प्रशस्त ज्ञान आर्जन गरेको छैन र उसमा अध्ययनशीलता छैन भने उसले सफल सिर्जना गर्न सक्दैन ।

