१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

एकल र संयुक्त परिवारका बालबालिका

अहिलेको अवस्थालाई हेर्दा धेरैजसो बालबालिकाहरू एकल परिवारमा नै हुर्किरहेका देखिन्छन्। यसमा कतिपय बाबुआमाको बाध्यता छ भने कति आफ्नै रहरले एकल परिवार बनाएर बसेका हुन्छन् भने कमै मात्रमा संयुक्त परिवारमा बसेका देख्न पाइन्छ। संयुक्त र एकल परिवारमा र्हुिर्कने बालबालिकाहरूमा कस्तो फरक पाइन्छ त ? मनोवैज्ञाकिहरूका अनुसार एकल परिवारमा हुर्किने बालबालिकाहरू एकोहोरो र एक्लै बस्न रुचाउने हुन्छन्। अझ कामकाजी र बाबुआमा दुवैै जागिरे भएर बाहिर धेरै समय बिताउनुपर्ने एकल परिवारका बालबालिकालाई दिक्दारी र एक्लोपन महसुस हुुन्छ भन्ने हामी सजिलै अनुमान गर्न सक्छाैँ।

यसैे पनि शहरमा हुने बालबालिकाहरूलाई खेल्न पर्याप्त खेल मैेदानहरू पनि छैनन् र उनीहरू एक्लै खेल्नका लागि सुरक्षित पनि छैनन्। त्यसैले उनीहरू स्कुलबाट फर्किने र कोठैभित्र बसी ग्याजेटहरूमै सीमित हुन्छन्। उनीहरूको दुनियाँ नै मोबाइल, ल्यापटप र कम्प्युटर हुन्छ। यसकारण उनीहरूमा मोबाइल र ल्यापटपकोे यस्तो नशा चढ्छ कि उनीहरू बाहिर निस्कन मौका मिले पनि बाहिरफेरको वातावरणमा घुलमिल नहुन पाए हुन्थ्यो भनेर बहाना खोज्न पनि पछि पर्दैनन्। यस्तो अवस्थामा उनीहरूको कलिलोे दिमागमा कस्तो असर पर्ला त ? मनोवैज्ञानिकहरूका अनुसार संयुक्त परिवारमा हुर्किने बालबालिकाहरूभन्दा एकल परिवारमा हुर्किने बालबालिकाहरूमा बढी चिढचिढापन हुने र अलि छिटो रिसाउने गर्दछन्। कतिपय त आफ्नो मनमानी गर्न नपाए आक्रामक शैेलीमा उत्रिन पनि पछि पर्दैनन्।

कतिपय बालबालिकाले बाबुआमाले पर्याप्त समय नदिने भएकोले आफ्ना बाबुआमालाई नकारात्मक पनि सोचिरहेका हुन्छन्। उनीहरू केही स्वार्थी पनि हुन्छन्। भरसक केही कुरा भन्न पनि चाहँदैनन्। यस्तै संयुक्त परिवारमा हुर्किने बालबालिका बाहिरी संसारसँग बढी घुलमिल हुने हुँदा उनीहरूमा बौद्धिक क्षमता पनि केही अगाडि नै हुन्छन्। हजुरबुवा, हजुरआमा, काकाकाकीसँग गफ गर्ने, घुम्न निस्कने र पाका व्यक्तिहरूको कुराहरू सुन्ने बुझ्ने भएकाले व्यावहारिक र सकारात्मक हुन्छन्। उनीहरू सामाजिक र सबैेलाई ख्याल गर्ने हुन्छन्। पाका व्यक्तिहरूबाट किस्सा र पुराना कथाहरू सुन्ने भएकाले उनीहरू सक्रिय र संवेदनशील पनि हुन्छन्। यस्तो अवस्थामा एकल परिवारका अभिभावकले धेरै कुरामा ध्यान दिन जरुरी छ। बालबालिकाहरूलाई पर्याप्त समय दिन कोसिस गर्ने। आफूसँग जति पनि समय बँच्छ उनीहरूसँग बिताउने। उनीहरूका कुराहरू सुनिदिने। आफन्तहरूसँग घुलमिल गराउने।

आफू एकल परिवारमा बसे पनि आफ्ना परिवारका सदस्यबारे जानकारी गराइरहने। सम्भव भएसम्म उहाँहरूसँग बाक्लै भेटघाट गराउने र उहाँहरू आफ्नो लागि कति महत्वपूर्ण हुनुहुन्छ र हामीले उहाँहरूलाई गर्नुपर्ने कर्तव्य केके हुन बुझाउने। पारिवारिक जमघट गरिरहने। आफूले पनि जमघटमा लिएर जाने  र आफू जतिसुकै तनावमा भए पनि उनीहरूलाई नदेखाउने र नझर्किने। उनीहरूसँग साथी जस्तो व्यवहार गर्ने। भनिन्छ, बालबालिकाहरू काँचो माटो हुन। उनीहरूलाई कस्तो बनाउने त्यो हाम्रै हातमा छ। हामीले उनीहरूलाई दिने संस्कार कस्तो छ, त्योचाहिँ मुख्य कुरा हो ? हामीले जे सिक्यौ उनीहरूलाई त्यही दिने हो। त्यही भएर पहिले हामी संस्कारी बनांै अनि आफ्ना बालबालिकालाई संस्कारी बनाऔं।

प्रकाशित: ८ चैत्र २०७६ ०२:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App