coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

संकटमा नेपालीले किन सम्झिन्छन् गाउँ ?

नयाँ बसपार्कमा घर जाने बसको प्रतिक्षा गरिरहेका यात्रु ।

काठमाडौं – मानिस काम, अध्ययन र अवसरको खोजीमा सहर पस्ने गर्छन्। स्वभाविकरुपमा गाउँमा भन्दा सहरमा अवसरहरु हुन्छन्। कतिपयले सहर पसेपछि गाउँलाई चटक्क पनि विर्सिदिन्छन्। तर समय यस्तो पनि आउँछ वर्षौ गाउँ नपसेकाहरु एकाएक गाउँ पस्ने वातावरण बन्छ। जस्तो २०७२ को भूकम्प पछि सहर सुनसान जस्तै भयो। सहरमा अध्ययन वा कामको खोजीमा आएका मात्र होइन लामो समय यतै जमेकाहरु पनि आफ्नो गाउँ फर्किए। अहिले नोवेल कोरोना (कोविड–१९) को त्रास विश्वभर छ। त्यस त्रासबाट नेपाल पनि अछुतो छैन। अहिले पनि बसपार्कमा पुग्ने हो भने घर फर्किनेहरुको भिड छ। सरकारले २५ जना भन्दा बढी भेला नहुन भने पनि नयाँ वसपार्क, कलंकी लगायतका स्थानमा जाने हो भने त्यहाँ सयौंको भिड टिकट काट्न बसिरको भेटिन्छ। आखिर मानिसले संकटमा किन गाउँलाई नै सम्झिन्छन् त ? मानवशास्त्री डम्बर चेम्जोङका अनुसार मानिसले आफूलाई विपद् सिर्जना हुने वित्तिकै सुरक्षित तथा एकान्तावास खोज्छ। त्यसैले मानिसहरु आफ्नो पुरानो घर वा गाउँ फर्कन हतार गर्दैछन्।

विश्वभर महामारीको रूपमा फैलिरहेको नोवेल कोरोना (कोविड–१९) भाइरसको त्रास विश्वभर छ। नेपालमा हालसम्म एक जना संक्रमित देखिएपनि आम जनमानसमा यसको त्रास बढेको छ। विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले पनि नेपाल उच्च जोखिममा रहेको जनाइसकेको छ।पछिल्लो समय सरकारले पनि सतर्कता अपनाउन महत्वपूर्ण निर्णयहरु गरेको छ। शैक्षिक संस्थाका पठनपाठन बन्द हुनेदेखि विभिन्न माध्यमिक तह तथा विश्वविद्यालयका परीक्षा सबै स्थगित गरिएका छन्। सरकारले १५ बुँदे अपिल जारी गर्दै विभिन्न सावधानी अपनाउन नागरिकलाई अपिल गरेको छ। सभा, सम्मेलन भोज भतेरजस्ता २५ जनाभन्दा बढी एकै ठाउँमा भेला नहुन समेत आग्रह गरेको छ।

जस्तो २०७२ को भूकम्प पछि सहर सुनसान जस्तै भयो। सहरमा अध्ययन वा कामको खोजीमा आएका मात्र होइन लामो समय यतै जमेकाहरु पनि आफ्नो गाउँ फर्किए। अहिले नोवेल कोरोना (कोविड–१९) को त्रास विश्वभर छ। त्यस त्रासबाट नेपाल पनि अछुतो छैन। अहिले पनि बसपार्कमा पुग्ने हो भने घर फर्किनेहरुको भिड छ।

कोरोना त्रासका कारण काठमाडौंबाट बाहिरिनेहरूको संख्यामा पनि वृद्दि भएको छ। अत्यावश्यक काम बाहेक घर बाहिर नजान सरकारले नै आग्रह गरेको छ। काठमाडौंका सडकहरु पनि खाली जस्तै भएका छन्। काठमाडौंमा बसोबास गर्ने नागिरहरुको सहर भन्दा गाउँ नै सुरक्षित स्थान रोज्दै गाउँ जानेको भिड लागेको हो। काठमाडौंका नयाँ बसपार्क, कलंकी, पुरानो बसपार्क, कोटोश्वर गौशला, चावहिलको टिकट काउन्टरमा युवकदेखि  वृद्धवृद्धा र बालबालिका समेतको भिडभाड बढेको हो ।   

सरकारले सुरक्षित रहन सूचना सार्वजनिक गरेपछि आम नागरिकलाई त्यसको मानसिक प्रभावले काठमाडौं भन्दा गाउँमा संक्रमणबाट जोगिन्छ भन्ने धारणा बनेकाले गाउँ जानेको संख्या बढेको मानवशास्त्री  चेम्जोङ बताउँछन्।

आम नागरिकलाई सामाजिक, आर्थिक र मानसिक रुपमा काठमाडौंमा भन्दा गाउँमा सुरक्षित देखे त्यसैले गाउँ जानेको संख्या बढेको उनको भनाई छ।

उनी भन्छन् – ‘गाउँ जानेहरु अधिकाशं विद्यार्थीहरु छन्। काठमाडौंका सबै शैक्षिक संस्था चैत मसान्तसम्म बन्छ छन्। सरकारले सुरक्षाको लागि सेल्फ क्यारेन्टाइनमा बस्न आग्रह पनि गरेको छ। काठमाडौंको भिडमा बस्नु भन्दा आफ्नो परिवारसँग गाउँ बस्न गएका हुन्।’

चेम्जोङ थप्छन् – ‘मानिसहरु काठमाडौंलाई सुरक्षित देखेनन्। छिटो गाउँ गयो भने त संक्रमण हुदैन र आफूलाई सरक्षित भइन्छ भन्ने धारणा बन्यो। त्यसैले यसलाई स्वाभाविक नै मान्नु पर्छ।’

काठमाडौंमा उधारो नचल्ने भएकाले बिहान बेलुकी काम गरिखाने मान्छेलाई जिविकोपार्जन गर्न गाह्रो हुने भएकाले गाउँ जाने गरेको बताउँछन् अर्थशास्त्री हरि रोका।

‘काठमाडौंमा उधारोमा चल्दैन कठिन छ, संकटमा सबैसँग पैसा नहुन सक्छ। गाउँमा पैँचो चल्छ। मानिस यसले पनि सहरबाट बाहिरिएका हुन्। गाउँमा गयो छरछिमेकसँग सरसापटमा चल्छ त्यसैले पनि गाउँको सुरक्षित स्थान खोजका हुन्’, रोकाले भने।  

 ‘काठमाडौंमा संक्रमण भईहाल्यो भने उपचार हुँदैन भन्ने मानिसिक सोचाई भयो’, रोका थप्छन्, ‘गाउँ गयो भने स्वास्थ्यको दृष्टिकोणले पनि सुक्षित रहन्छु भन्ने भयो। काठमाडौंको धुवा धोलो भन्दा गाउँको स्वास्च्छ हावापानी युक्त वातावरणमा बस्न आफूलाई सुक्षित ठानेर गाउँनै विकल्प खोजेका हुन्सक्छन्।’

 रोकाका अनुसार कोरोनाको प्रभावले बिहान बुलेकी काम गरेर खाने सम्भव नभएपछि गाउँ जानेको संख्खा बढेको हो। सहरमा आर्थिक  रुपमा बाँच्न मुस्किल भएकाले  गाउँमा औचोपैचो गरेर बाँच्ने र आफूसँग नभए पनि सरसापटमा गरेर जीविका चल्छ भन्ने आधार बनाएकाले  गाउँ जानु स्वभाविक मान्छन् उनी।

सरकारले आम नागरिकलाई कोरोना संक्रमण भइहालेमा काठमाडौं सुरक्षित छ भन्ने  विश्वास दिलाउन नसकेका कारण पनि मानिसहरु आश्राय लिन आफ्नो गाउँ गएको बताउँछन् लेखक तथा विश्लेषक सोमत घिमिरे।

सरकारले कोरानाको त्रास आम नगरिकमा भएको हुँदा सरकारले सुरक्षित भनेर विश्वस दिलाउन नसकोले गाउँमा प्रस्थान गरेको उनको दाबी छ। 

उनका अनुसार हरेक नागरिकले विपत्ती आइलागेपछि आफूलाई सुरक्षित स्थान बस्न सुक्षित स्थान नै खोजिरहेको हुन्छ। काठमाडौं सहरमा भन्दा गाउँको संक्रमणबाट जोगिना गाउँ फर्किएका उनको भनाई छ। जस्तो २०७२ को भूकम्प पछि पनि मानिसहरु गाउँ नै पसेका थिए।

‘सरकारले संक्रमण भइहालेमा काठमाडौं पनि सुरक्षित छ भन्ने विश्वस दिलाउनु पथ्र्यो,‘ घिमिरे भन्छन्,‘यतिखेर कोरोना संक्रमण त्रास सबैलाई भइरहेको हुँदा गाउँ गयो भने आफू जोगिन्छु कि भन्ने मानिसिकताले नै मानिसहरु गाउँ फर्किएका हुन्।।’

 

प्रकाशित: ७ चैत्र २०७६ १२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App