coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

कोरोना भाइरसको संक्रमणविरुद्ध मानव शरीर कसरी लड्‍छ ?

काठमाडौं- अस्ट्रेलियाका वैज्ञानिकहरुले कोरोना भाइरसका विरुद्ध मानव शरीरले कसरी प्रतिरोध गर्छ भन्नेबारे अध्ययन गरेका छन्। उनीहरुको सोध नेचर मेडिसीन जर्नलमा प्रकाशित भएको छ।

कोरोना संक्रमण भएर पनि मानिसहरु निको भएर फर्किरहेका छन्। यसलाई हेर्दै वैज्ञानिकहरुले मानव शरीरको रोग प्रतिरोधात्मक क्षमताले कसरी भाइरसबारे लड्छ र हराउँछ भन्नेबारे अध्ययन गरेका हुन्। उनीहरुको यो अनुसन्धानले कोरोनाको भ्याक्सीन पत्ता लगाउन सहयोग हुने बताएका छन्।

'यो अध्ययनको उदेश्य ति कोसिकाबारे जान्नु थियो जसले भाइरसलाई टक्कर दिइरहेका छन्', शोधकर्ताहरुले भनेका छन्।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म १५९ देशमा पुगिसकेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार भाइरस संक्रमण १,८४,९७६ जनामा पुष्टि भइसकेको छ। यसका कारण ७५ सय मानिसले ज्यान गुमाइसकेका छन्।

अनुसन्धानमा सहभागि प्रोफेसर क्याथरीन केडजिएस्काले भनेका छन्, 'यो एक महत्वपूर्ण खोज हो। किन भने हामीले पहिलो पटक रोग प्रतिरोधात्मक शक्तिले कोरोना भाइरसविरुद्ध कसरी लड्छ भन्ने पत्ता लगाएका छौं।'

मेलवर्नको पीटर डोहर्टी इन्सीच्युट फर इन्फेक्सन एण्ड कम्यूनिटीका अनुसन्धानकर्ताको यो प्रयासको अन्य शोधकर्ताहरुले पनि प्रसंशा गरेका छन्।

अनुसन्धानमा के देखियो ?

जहाँ कोरोना भाइरसको संक्रमण तिब्ररुपमा फैलिरहेको थियो त्यहाँ अन्य धेरै संक्रमित निको हुँदै पनि गएका थिए। संक्रमित व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको थियो तर उनीहरु सन्चो भएर घर फर्किरहेका पनि थिए। यसले के देखाउँछ भने मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता भाइरसविरुद्ध लडिरहेको छ।

अध्ययनमा चार प्रकारका प्रतिरक्षा कोशिका कोरोना विरुद्ध लड्न सक्षम देखिएको उनीहरुले बताएका छन्। ति कोशिकाबारे एक संक्रमित महिलामा गरिएको परीक्षणा पछि थाहा भएको वैज्ञानिकहरुले बताएका छन्। ति महिलामा मध्यम खालको संक्रमण रहेको र अन्य कुनै रोग नभएको शोधमा भनिएको छ।

चीनको वुहान शहरकी एक महिलालाई संक्रमण पछि अस्ट्रेलियाको एक अस्पतालमा भर्ना गराइएको थियो। ति महिला अस्पताल भर्ना भएको १४ दिनमा पूर्ण स्वस्थ्य भएकी थिइन्। प्रोफेसर केडजिएस्काले भनेका छन्, 'हाम्रो टिमले ति महिलाको विस्तृत परीक्षण गर्यो। उनको जाँचको केन्द्रमा इम्युन सिस्टम थियो।'

वैज्ञानिकको टोलीले कोराना भाइरस संक्रमणको कारण ति महिलाको इम्युन सिस्टमले कस्तो प्रतिक्रिया गरिरहेको छ भन्ने हेरिरहेका थिए।

ति विरामीको स्वास्थ्यमा सुधार आउन थालेपछि रगतमा विशिष्ट प्रकारको कोशिका देखिएको थियो। वैज्ञानिकका अनुसार त्यो कोशिका इन्फ्लुएंजाका विरामी ठिक हुनुभन्दा पहिला देखिने जस्तै थियो।

 

 

प्रकाशित: ५ चैत्र २०७६ ०६:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App