कर्णाली, हेलत्तोरअभावै अभावको पर्यायका रूपमा चिनिँदै आएको छ लामो समयदेखि। कसैले कसैलाई दरिद्रताको उपमा भिराउनुपर्यो अर्थात् निकै टाढा संकेत गर्नुपर्यो भने यही शब्द प्रयोग गरिन्छ अहिले पनि। तत्कालीन कर्णालीको मुख्यालय जुम्ला पनि स्वतः यो हेपाइमा पर्ने नै भयो। के साँच्चै साविक कर्णालीको सदरमुकाम जुम्ला हाम्रो दिमागमा जबर्जस्ती बसाइए जस्तै निरशरअभावको पर्याय हो त ? भर्खरै चार दिनको जुम्ला बसाइका क्रममा देखिएको/थाहा पाइएको वास्तविकता प्रष्ट्याउनु नै यो लेखको उद्देश्य हो।
पर्यटकीय नजर हिमालै हिमालले घेरिएको छ यो उपत्यका। छुनै सकिन्छ कि जस्तो लाग्ने कान्जिरोवारउसका दाजुभाइले प्रदर्शन गर्ने मनमोहक दृश्यले मोहित नहुने को होला र? उपत्यका वरिपरिका रमणीय स्थल घिमेचौर, पातारासी, तातोपानी, गोठचौर सबै करिब एक/डेढ घण्टाको दूरीमा अवस्थित छन्। यी सबै ठाउँका आआफ्नै विशेषता छन्। नजिकैको सिँजा त झन् हामीले बोल्ने भाषाको उद्गमस्थल भइहाल्यो।
स्विट्जरल्यान्ड सरकारको सहयोगमा बनेको नेपालकै पहिलो प्राविधिक शिक्षालय यहाँको गौरव हो। युरोप/अमेरिकाको भन्दा कम नलाग्ने यो शिक्षालय जुम्ली जनताका लागि आशा मात्र हैन, भरोसाको केन्द्र पनि हो। बजारको बीचमै अवस्थित मेडिकल कलेज प्रदेशकै शानका रूपमा ठडिएको छ। ठूला ठूला चट्टाने पहाड, एकापसमा सल्लाह गरिरहेझैँ लाग्नेसल्लारभोजपत्र अनि हिउँले साम्राज्य जमाएका पाटन पर्यटकलाई लठ्याउन काफी छन्। बाटामा जताततै लुकेर स्वागत गर्न आइपुग्ने झरना त जादूमय नै लाग्ने।
न ध्वनि प्रदूषण न त सवारीकै धुँवा। न हिलोमैलो न त सकी/नसकी ढल बोकेर अघि बढ्न बाध्य खोला नै। छत मात्र निलोरप्रष्ट आकाश। हरिया रुख। कञ्चन खोला। सफा ढुंगा। निर्दोष अनुहारहरू। फापर, कोदो गहुँ, जौ, मकै जस्ता अर्गानिक अनाजका परिकार। रोटी मात्र हैन, बिस्कुटदेखि केकसम्म यिनै अर्गानिक अनाजका।
आज विकसित भनिएका धेरै देश समुद्र बेचेर धनी भएका छन्। कतिपय देश बालुवामा घाम तपाएर पर्यटकसँग पैसा असुलिरहेका छन्। अनि कतिपय देशचाहिँ मरुभूमि घुमाएर साहू बनिरहेका छन्। यसरी हेर्दा जुम्लासँग के छैन? बेच्न हिमाल छ, देखाउन संस्कृति छ, प्रदर्शन गर्न सभ्यता छ। र, अध्ययन गराउन कुनैबेलाको समृद्ध राज्यको इतिहास।
आठ हजार फिटको उचाइमा रहेको निकै डरलाग्दो गिडीदेखि ठाकुरज्यू, जोगिनी, जस्ता ताल, १९ हजार फिटको हुड्के दह, चिमरा मालिका, कनका सुन्दरी जस्ता स्थलले पर्यटक लोभ्याउने हैसियत राख्छन् । यसबाहेक हिमाली जिल्लाको बसोबास शैलीररहनसहन बुझ्न पनि यो उपयुक्त थलो हुन सक्छ।
संस्कारका धनी
शिक्षाको चेतना कमजोर होला। चिसो मौसमका कारण सरसफाइको कमी होला। भूगोलका कारण आवतजावतमा कठिनाइ होला। आर्थिक अवस्थाका कारण बसाइ भने जस्तो नहोला। तर पनि जुम्लाका बासिन्दा संस्कारमा धनी छन्। ‘अतिथि देवो भवः’ अन्य सहरियाको मुखमा मात्र हुन्छ तर उनीहरूको भने व्यवहारमा। बाहिरिया मानिस अर्थात् अतिथिलाई देख्यो कि मुसुक्क मुस्कुराएर प्रस्तुत हुने। सकेको सहयोग गर्न तत्पर भइहाल्ने। पाहुनाको स्वागत सत्कारमा मरिमेट्ने। आखिर आतिथ्यताका लागि चाहिने मुख्य कुरा यही हैन र ? जुन जुम्लीसँग प्रचुर छ।
तत्कालीन कर्णाली प्रदेशका बाइसी राज्यमध्ये जुम्ला सबैभन्दा शक्तिशाली थियो। तुलनात्मकरूपमा समृद्धसमेत थियो। त्यसैले अन्य राज्यले करसमेत तिर्थे जुम्लाका शासकलाई। जुम्लाको यही समृद्धिका कारण लालायित भएर काठमाडौँका शासकले समेत उनीहरूसँग वैवाहिक सम्बन्ध गाँसेका थिए। यसरी त्यतिबेलै सबै हिसाबले सम्पन्न जुम्ला संस्कारका हिसाबले पनि समृद्ध थियो भन्न हिच्किचाउनु पर्दैन।
कृषि
सबैजना विदेश छन्, काम गर्ने कोही छैन, गाउँहरू रित्तिइसके–यस्तै भाष्य खडा गरिएको छ जताततै। तर जुम्ला यस भाष्य मान्न तयार छैन। यहाँ विदेश नै नगइ उद्यम गर्नेहरू धेरै छन्। अनि विदेश गएर गाउँमै फर्किएर आफ्नै पेसा/व्यवसायमा रमाइरहेकाहरू पनि धेरै भेटिन्छन्। गोठीचौर नजिक गरिएको भेडापालन यसको ज्वलन्त उदाहरण हो। जहाँ भेडाको ऊनबाट न्याना कपडा बनाउने कार्य पनि जारी थियो। गर्न सक्नेरइच्छा हुनेलाई यहीँ जत्ति पनि अवसर भएको सन्देश यो भेडा पालन फार्मले दिइरहेको थियो।
तल्लो भेगमा सुन्तला/केरा, त्यसभन्दा माथि द्यान्न/तरकारी, त्यसभन्दा पनि माथि ओखर÷स्याउ अनि सबैभन्दा माथि जडीबुटी– यही हो जुम्लाको भूगोलअनुसार प्राप्त हुने सम्पत्ति। तर न स्याउ न त जडीबुटी नै, उचित प्रचारप्रसाररबजारीकरणको अभावमा मूल्यवान भएर पनि मूल्य पाउन सकिरहेका छैनन्। यी चिजलाई मात्र सही ठाउँमा पु¥याएर उचित मूल्य लिन सक्ने हो भने यसले पनि काँचुली फेर्छ जुम्लाको।
उद्यमतर्फ महिला चासो
धेरैलाई भ्रम छ–जुम्लाका बासिन्दा अशिक्षित छन्। अझ त्यसमाथि पनि महिला त पढ्न/लेख्नै जान्दैनन्। जब उनीहरू सुशासनका साथै डिजिटल साक्षरता तालिममा सहभागी भएर चासोरजिज्ञासा व्यक्त गरे, त्यसपछि लाग्यो– जुम्ली दिदीबहिनी कुनै पनि अर्थमा कम छैनन्। मात्र उनीहरूलाई अवसरको खाँचो छ। अवसर पाउने हो भने उनीहरू अन्यत्रका महिला मात्र हैन, पुरुषसरह उद्यम गर्न आतुर छन्र सक्षम पनि।
वैज्ञानिक बस्ती
प्रायः बस्ती एकै ठाउँमा। झुरुप्प। एकापसमा सहयोग आदान–प्रदान गर्न होस् या पानी, घाँस/दाउरा जस्ता अत्यावश्यक चिजबिज संकलन गर्न सहज हुने उद्देश्यबाट प्रेरित। त्यति मात्र हैन, सबैजसो बस्ती पारिलो घाम लाग्ने ठाउँमा बसेका। अनि नजिकै खोला। हुन त खोला सभ्यताको उद्गमस्थल नै हो, विश्व मानचित्र पढ्दा। त्यसैले खोलारसभ्यता एकअर्काका पर्याय भए जस्तै जुम्ली बस्तीरत्यहाँका तिला, हिमा जस्ता नदी पनि एकअर्काका परिपूरक छन्। यसरी हेर्दा यहाँका बस्ती वैज्ञानिक लाग्छन्। जसले एकातिर बाहिरी मानिसलाई लोभ्याउँछन् भने अर्कोतर्फ आपसी सद्भावरसम्बन्ध कसिलो बनाउन सघाएका देखिन्छ। ससाना भए पनि ठाउँ–ठाउँमा निकालिएका विद्युत्ले गाउँ उज्यालिएका छन्।
गर्वलायक अन्य पक्ष
चन्दननाथ जुम्ला चिनाउने सबैभन्दा शक्तिशाली शब्द हो। जुम्लाको दह खोलेर बस्ती बसाउनेरयहाँ धानको बिउ रोपेर खाद्यान्न उब्जाउने जस यिनैलाई जान्छ। त्यसैले चन्दननाथ जुम्लीका लागि देवता समान मानिनु स्वाभाविक हो। त्यसैगरी यहाँको कनकासुन्दरी सयौँ वर्ष पुरानो मानिन्छ। यहाँ कुनैबेला मन्दिरभित्र गुफै गुफा तीन सय मिटर तलको नदीबाट जल ल्याएर पूजा गर्ने किम्बदन्ती पनि सुनिन्छ।
पाण्डवहरू वनबास गएका बेला १४ वर्ष बसेको विश्वास गरिने पाण्डव गुफा यहीँ छ भने नुहाएमा मानिस सुन्दर हुने तातो पानी, सयौँ वर्ष पुराना तर अहिले पनि उस्तै बलिया काठका पुल, सबैभन्दा उच्च स्थान (आठ हजार ६ सय फिटको छुमचौर जिउलो) मा फल्ने कालो मार्सी धान आदिका कारण पनि जुम्ला आकर्षक बनेको छ। यी त केही प्रतिनिधिमूलक विषय मात्र हुन्, यस्तो गर्वलायक धेरै ठाउँ, किम्बदन्तीरसंस्कार/संस्कृति छन् जुम्लामा जसले सिंगो जिल्लालाई धनी तुल्याएका छन्।
अन्त्यमा,
हनुमानढोकाबाट मात्र १६९ कोसमा पर्छ जुम्ला सदरमुकाम। जहाँबाट हिमारतिला नदीले आवाजमार्फत ध्यानाकर्षण गराएको गराएै छन् नहेप्न। सात हजार ६ सय फिट अग्लो स्थानबाट सदरमुकाम खलंगाले विभेद नगर्न खबरदारी गरिरहेकै छ। तर पनि जुम्लारकाठमाडौँको दूरी अझै छोट्टिन सकेको छैन जसरी २००७ सालमा राणा शासन अन्त्य भएर प्रजातन्त्र आएको खबर जुम्लीले दुई महिनापछि मात्र थाहा पाएका थिए।
प्रकाशित: १८ पुस २०८० ००:५५ बुधबार