१३ वैशाख २०८२ शनिबार
image/svg+xml १६:२ अपराह्न
समाज

लमजुङमा त्रिपालले बेरिएको अवस्थामा महिलाको शव फेला

लमजुङको बेसीशहर नगरपालिका–२ भकुण्डेमा पूर्व प्रहरी सिता कडेल आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन्। घटनाबारे प्रहरीले हत्या आशंकामा अनुसन्धान थालेको छ।

४७ वर्षीया कडेल पाँच–छ दिनदेखि सम्पर्कविहीन भएपछि उनका अस्ट्रेलियामा बस्ने छोराले आफन्तलाई घरमा हेर्न पठाएका थिए।

आइतबार दिउँसो करिब २:३० बजे घरमा पुगेका आफन्तले ढोका भित्रबाट बन्द रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

यस सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक रेशम बोहराको नेतृत्वमा ११ जनाको टोली घटनास्थल पुगेको थियो।

ढोका फोडेर भित्र छिर्दा कडेलको शव बक्स पलङको विस्तारा र प्लाईभित्र त्रिपालले बेरिएको अवस्थामा फेला परेको सूचना अधिकारी राज किशोर साहले जानकारी दिए।

उनका अनुसार शव आंशिक रूपमा सडेको र दुर्गन्ध फैलिएको अवस्थामा फेला परेको छ। प्रारम्भिक अनुमानमा कम्तीमा ५–६ दिनअघिको मृत्यु भएको देखिएको उनले बताए। मृतक सिता कडेल घरमा एक्लै बस्दै आएकी थिइन्।

घटनास्थलको प्रकृति र शव भेटिएको अवस्थाका आधारमा प्रहरीले घटनालाई शङ्कास्पद मानेको छ। हाल थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: ३१ चैत्र २०८१ १७:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App