१३ वैशाख २०८२ शनिबार
image/svg+xml १९:२० अपराह्न
राजनीति

पूर्वराजाले भने- जनताको जागरुकतालाई सकारात्मक रूपमा लिएका छौं

पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८२ को अवसरमा भिडियो सन्देशमार्फत हालैका हिंसात्मक घटनाहरूप्रति दुःख व्यक्त गर्दै नेपाली जनताको देशभक्तिको प्रशंसा गरेका छन्।

आइतबार जारी सन्देशमा उनले जनप्रदर्शनका क्रममा भएको हिंसा, आगजनी र तोडफोडबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरे।

“केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी र तोडफोड भयो, त्यसबाट भएको क्षति सुन्दा अत्यन्तै दुःख लाग्यो,” उनले भने।

उनले नागरिक स्वतन्त्रतालाई प्रजातन्त्रको सुन्दर विशेषता ठान्दै यसलाई कुनै पनि तन्त्रले दबाउन नहुने बताए। “वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ,” उनले थपे।

यो पनि पढ्नुहोस्

'स्वदेश फर्क, स्वदेश नै स्वर्ग' भन्ने अभियान चलाउनु आवश्यक छ : पूर्वराजा शाह

उनले नेपाली जनतामा देश र भविष्यप्रति देखिएको जागरुकता र देशभक्ति भावनालाई विश्वमै अनुकरणीय भन्दै सकारात्मक रूपमा लिएको उल्लेख गरे।

“देशमा विद्यमान जटिलताबाट मुक्त भई शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरुकता पैदा भएको छ। नयाँ वर्ष २०८२ मा नेपाली जनताको चाहनाअनुसारको परिणाम हासिल हुने विश्वास छ,” उनले भने।

साथै, उनले अभिव्यक्ति र आस्था प्रस्तुत गर्दा सबै पक्षले संयम अपनाउनुपर्नेमा जोड दिए। उनले विगतका वर्षहरू निराशामय बनेको भन्दै नयाँ वर्षले नयाँ आशा र विश्वास बोकेर आउने अपेक्षा व्यक्त गरे।

यो पनि पढ्नुहोस्

‘पूर्वराजाले चीन–भारत होइन नेपाली जनताको बीचमा नै राजसंस्थाको वकालत गर्नुपर्छ’

प्रकाशित: ३१ चैत्र २०८१ १७:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App