१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

‘पूर्वराजाले चीन–भारत होइन नेपाली जनताको बीचमा नै राजसंस्थाको वकालत गर्नुपर्छ’

काठमाडौं– हाम्रो पार्टी नेपालले मुलुकको हितविपरित रहेका वैदेशिक शक्तिलाई परास्त गर्न र हराएको नेपाल राष्ट्र खोज्ने तथा लुकाईएको नेपाल खोस्ने लगायतका आफ्ना मुख्य नीति तथा संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। 

शनिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै पार्टीका संयोजक गोविन्द बोहोराले आफूहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली शासन व्यवस्था हुनुपर्ने माग गर्दै आएको सुनाए। ‘नेपालको पहिचान हिन्दूराष्ट्र नै हो। त्यसैले अविलम्व हिन्दूराष्ट्र कायम गरिनुपर्छ। अर्को, संघीयताको विकल्पमा जनताको घर आँगनमा अधिकार निक्षेपीकरण हुनुपर्छ’, उनले भने।

उनले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पनि राजसंस्थाको वकालत चीन र भारतमा गएर नगर्न सचेत गराए। बोहोराले भने, ‘पूर्वराजा ज्ञानेन्द्रले राजसंस्थाकै वकालत गर्ने हो भने चीन र भारत जानुको साटो नेपाली जनताहरुको बीचमा गएर गरुन्।’ पूर्वराजा ज्ञानेन्द्रले अहिलेकै चरित्र प्रर्दशन गरिरहे उनीमाथि वैधानिक विद्रोहसमेत गरिने उनको चेतावनी छ। 

उनले एसिया प्यासिफिक समिट को विरोध गरे। पूर्वीया सभ्यता सिध्याउनकै लागि उक्त समिट नेपालमा आयोजना गरिएको उनको आरोप छ। 

प्रकाशित: १५ मंसिर २०७५ १२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App