२९ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

संविधान संशोधन जनताको अपनत्व हुनेगरी गर्नुपर्छ : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकले प्राप्त गरेको अधिकारलाई थप विस्तार गर्नेगरी संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन सकिने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बिहीबार आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण विषयक’ कार्यक्रममा उनले सहमति, सर्वस्वीकार्य विधि र स्थापित पद्धतिलाई आत्मसात् गर्नुपर्नेमा जोड दिएका हुन्। 

‘हाम्रो संविधानले स्वतन्त्रता र समानतालाई जग मानेको छ, नागरिकले प्राप्त गरेको अधिकारलाई थप विस्तार गर्नेगरी संविधान संशोधन गर्न सकिन्छ। संविधान संशोधन केवल प्रशासनिक र प्रक्रियागत विषयमात्र होइन, जनताको अपनत्व हुनेगरी प्रक्रिया अगाडि बढाउनुपर्ने विषय हो’, उनले भने।

सभापति थापाले संविधान र संविधानमा भएको व्यवस्थासँग असहमति भएका पक्षसँग समेत छलफल गर्नुपर्ने आवश्यकता औँल्याए। उनले संविधान जारी गर्ने मूल नेतृत्वकर्ता आफ्नो पार्टी भएकाले संशोधनका लागि पनि जिम्मेवारी लिने उल्लेख गरे।

प्रकाशित: २६ असार २०८३ ०८:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App