६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
विचार

नेपाल–नेपालीको गर्व !

धर्ममा नै अन्तर्निहित छ कर्म। कर्म गर्नुमै फल्छ धर्म। धर्म र कर्म, कर्म र धर्म आपसमा छन् अन्योन्याश्रित। एकापसमा जुट्नु मेल–मिलाप। भाइ फुटे गवार लुटे ! उखानै माझिएका हाम्रा। धर्म र कर्म आपसमा बाटिएका छन्, पितापुर्खादेखि नै।

चाडपर्व नेपाल र नेपालीको गर्व। गर्व गर्नु धर्म। धर्ममा नै त अन्तर्निहित छ कर्म। कर्म गर्नुमै फल्छ धर्म। धर्म र कर्म, कर्म र धर्म आपसमा छन् अन्योन्याश्रित। एकापसमा जुट्नु मेल–मिलाप। भाइ फुटे गवार लुटे ! उखानै माझिएका हाम्रो ! धर्म र कर्म एक आपसमा बाटिएका छन्, पितापुर्खादेखि नै। हाम्रा परम्परागत सम्पदा रहिआएका यी। हाम्रा वंश परम्परा पालन गर्नु धर्म रहिआएका छन्। यस अर्थमा हामी परम्परावादी हौं पक्कै। त्यसो त यो प्रसङ्गसित विश्वसमुदाय कहाँ छन् र विमुख ! परम्परा पालन धर्मकर्म नै रहे सबैका। प्रसङ्ग चाड पर्वको। असार श्रावण दुध र दुधजन्य पदार्थका सेवनपर्व। 

१५ असार दही चिउरा सेवनपर्व। श्रावण १५ खिर सेवनचाड। सम्भवतः पाउहात रोपाइँको हिलो मलिलो माटोमा डुब्छ। मट्यौलो किराले हातगोडा औंलाका कापकापमा अदृश्य, अमूर्त गर्छन् आक्रमण। त्यसको निवारण दुध र दुधजन्य पदार्थ भोजन– सेवनले गर्दो हो त्यसलाई मारण। विज्ञान चेतका तŒवज्ञान। पुर्खामा पनि त हुँदो हो विद्यमान। नहुँदो हो त यस्ता संस्कारको क्षण कसरी झुल्कँदो हो? अनि त यी प्रत्येक बाह्रै मास एकाएक चाडपर्व ! चाडपर्वका लेखाजोखा ग्रहगतिका लेखाजोखाकै परिणति। ज्योतिष विद्याग्रह, नक्षेत्रहरूका गतिमानकै फलै न हो? यसकै फलांश हाम्रा राशिफल बन्दा हुन्? भाष्कराचार्य, बराहमिहिरझैं प्रकाण्ड ज्योतिषविद् हाम्रै पूर्वीय क्षितिजका चम्किला नक्षेत्र हुन्। भारतवर्षका विभिन्न ठाउँहरूमा तिनले स्थापना गरेका ग्रह नक्षेत्र अध्ययन क्षेत्र वेदशाला छन्। कतिपय त आफ्नै यौवनावस्थामा अवलोकन अध्ययन गरेथें। अझै आँखैमा झलझलाउँछन्। ती वेदशालाका स्तुति।

धर्ममा नै अन्तर्निहित छ कर्म। कर्म गर्नुमै फल्छ धर्म। धर्म र कर्म, कर्म र धर्म आपसमा छन् अन्योन्याश्रित। एकापसमा जुट्नु मेल–मिलाप। भाइ फुटे गवार लुटे ! उखानै माझिएका हाम्रा। धर्म र कर्म आपसमा बाटिएका छन्, पितापुर्खादेखि नै।

आधुनिक – अत्याधुनिक विज्ञानले प्रयोगात्मक विधि अनुशरण गरे। गर्दै गए एकपछि अर्को। विभिन्न मुलुक महाद्वीपहरूमा। आआफ्नै ढङ्गरङ्ग र ढाँचामा। गोप्य राखिएका विधिविधान सम्पदा बने विश्वकै। तन्त्रमन्त्र विधिविधान पनि गोप्य नै मानिए पूर्वीय गोलार्धले। एकाइसौं शताब्दीमा पुगेर लोकलाई नै अर्पे। जति लोकलाई सुम्पन सक्छौं, उति नै आफै लोकका बन्ने, हुने। ‘उदार चरितानाम्तु बसुधैव कुटुम्बकम्’ बन्ने त हो। 

लोकलाई जति ज्यादा आफ्नो तुल्याउन सकियो, उति नै आनन्दी मन हुने। जीवन सुखी बन्ने। आयु बढ्ने त हो। जति बहुजनहितकर स्थिति सिर्जना गर्न सकियो, उति नै देश र राष्ट्र समृद्ध बन्ने न हो ! हामी यावत् जन यसमै त उद्यत छौं, रहनु परेको हो पनि। सम्भवतः विश्वलोक तन्त्रको मन्त्र पनि यही नै रहेको छ। मात्र लोकलाई फकाई फुलाई लोकलाई वशमा पारी आफू सेरा भएपछि उनैमाथि छेर्के हाल्ने लत चुलिँदै गर्दा भूतल डगमगिन पुग्छ।

भूगर्भ शास्त्रले नमाने पनि राजनैतिक चेवाचर्चा शास्त्रले प्रश्रय पार्दै ल्याइँदा यथार्थ यस्तै चरितार्थ हुँदो हो। घुसघुसेपनलाई परित्याग गर्न सक्दो मनस्थितिको जग हाल्न सक्नुपर्दो हो। चित्त ठान्छ, यसकै अभावको भाव सबतिर चस्के किटनाशक उपचार नबनोस् कसरी? किट त विषादी छर्केर मासिन्छ। समाज अनि सामाजिक प्राणीजगत् विषाक्त रहे, बने राष्ट्र नै विध्वंसिन के बेर? छद्म भेदीले देशै डुबाउन सक्छ। प्रमाणका लागि टाढा पुग्नु परोइन। छिमेक चहारे पर्याप्त। बुझ्नेलाई इसारै पर्याप्त ! बेसार भनेपछि कोट्याउनै किन पर्दो हो? माझिएको पुख्र्यौली टुकका हाम्रै त हो गाँठे !

आधुनिकताको हुस्स्याइमा कुइरिने मन मेरो छैन। मन त आफ्नै अन्तर तन्तु न हो? आफैले बिर्सने प्रवृत्ति लाग्छ घातक। यो ढुकढुकीलाई स्याप्पै ! राष्ट्रियता पहिचान न हो? पुख्र्यौली भाषा, भेषभुषा, लवाइखवाइ सबै नेपालीपन। आफ्नोपन स्वत्व। स्वत्व स्वदेशभित्रको अस्तित्व। जहाँ नडग्मगिएर अडेका हुन्छन् सान, मान, पहिचान। पुख्र्यौली श्वास–प्रश्वास पुस्तान्तरण हुँदै हामीमा। हामीबाट नयाँ पुस्ताका आफ्नै सन्ततिमा। 

नेपाली मनका नौला चेतभरिमा भरिभराउ। हजारौंहजार वर्षदेखि अनगिन्ती आगामी हजारौंहजारसम्मै। इच्छा–आकांक्षा साझा हाम्रा। बिसौनीबिनाका वाचा– वाङमय भाका ! सलल बगिरहने खोला– नदीको बग्दो धार, पानीको लहर, हाम्रा लहलहाउँदा रहर। न हुन्छ कहर, न करकाप। रहरलाई आफ्नै मनले छेकोइन के? सक्दै सक्दैन। छेक्न खोजे विक्षिप्तिन्छ मन। मनै भरङ्गिए अरूमा रङ चढेर हुन्छ नै के पो? मनसित भरेको आफू– आफूसितको रौनक जीवनको रङ्गेली रहर बन्छ बहार। मुहार हँसिलो, प्रफुल्ल अनुहार। महिमा जीवनको ठानेर पोखें मन।  

आनन्दी जीवन मेला जुर्छ मन पोख्न पाउँदा जहाँ। लेखनवृत्ति मन पोख्नुमै जुर्छ। अनुभूति आफ्नै पोख्दै छु। पोखाइमा अनुभूतिको प्रकाश छैन– एकर्थी, एकअर्थी। समाजमा हाम्रो टलटलाउँदो थेगो छ– मनको बह अरूलाई नकह। नपोखे बह थिलथिलिन्छ मन। मनै थिलथिलिए लेखनी गिलिन्छ, यसै उसै। थिलथिलिएको मनले पुष्ट भावना व्यक्त गर्दो हो? लेखन वृत्तिका चमक त्यहीं चम्किन सक्छ। मन फुक्का रहन्छ। कुण्ठाको भण्डार बन्छ मन मस्तिष्क। कुण्ठित मनले कसर व्यक्त गर्दो हो निर्बन्ध भावधारा? हुन्छ स्वच्छ र उमङ्गित भावधारा तगडा मनैबाट प्रवाह। जीवन–समाज र देश–परदेश पर्यन्त। विश्व सनातन मन पोख्नु। मन पोख्नु धर्म कर्म। मन सङ्लिए सबै निर्मल। पावन तीर्थ भुवनै हाम्रो। चाडपर्वले सङ्ल्याउँछ मन। मन सङ्लिए अरू के? मन सङ्लिए सब सङ्लो।

प्रकाशित: १६ भाद्र २०८० ०३:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App