टेकुमा कोभिड १९ विरुद्धको खोप प्रमाणीकरणमा भीड, विदेश जानेलाई सास्ती

अमेरिका जाने तयारीमा रहेका विराटनगरका सरोज कटुवाल खोप लगाएर प्रमाणीकरण कागज लिन तीन दिनअघि काठमाडौं आएका हुन्। बुधवार वीर अस्पतालमा तीन घण्टा लाइन बसेपछि खोप लगाउन पाए। बिहिवार ३ बजे प्रमाणीकरण कागज लिन टेकु अस्पतालमा लाइन बसेको १२ घण्टापछि उनको पालो आयो र कोभिड खोप प्रमाणीकरण पत्र पाए।