८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

थपिए २८३८ कोरोना सङ्क्रमित, १४७५ संक्रमण मुक्त

पछिल्लो २४ घन्टामा दुई हजार ८३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ६१६ जनामा परीक्षण गर्दा दुई हजार ८३८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।  

पछिल्लो २४ घण्टामा आठ हजार ७१५ जनाको पिसिआर र तीन हजार ९०१ जनामा एन्टिजेन परीक्षण गरिएको थियो । आज पुष्टि भएको नयाँ सङ्क्रमितसँगै देशभर बिरामीको सङ्ख्या सात लाख २४ हजार ४५५ पुगेको छ छ । त्यस्तै ६ लाख ३६ हजार ४०२ जना संक्रमण मुक्त भएर घर फर्किएको  मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी जानकारी दिए ।  

अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ८३२ रहेको छ । उनका अनुसार नेपालमा सङ्क्रमणदर १९.२ प्रतिशत रहेको जानकारी दिए । पिसिआर परीक्षण गरिएकामध्ये दैनिक २५ प्रतिशतलाई सङ्क्रमण भइरहेको उनले बताए । एन्टिजेनबाट परीक्षण गर्दा २१ प्रतिशतमा सङ्क्रमण भइरहेको छ । आज स्वास्थ्य लाभ गरेर घर फर्कनेको सङ्ख्या एक हजार ४७५ पुगेको छ । योसँगै घर ६ लाख ३६ हजार ४०२ घर फर्किएका छन् । यस्तै आज ३० जनाको सङ्क्रमणका कारणले निधन भएको छ ।

प्रकाशित: ६ श्रावण २०७८ १२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App