७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

कृषकलाई बंगुरका पाठी वितरण

धनकुटाको महालक्ष्मी नगरपालिकाले बंगुर पकेट क्षेत्रका कृषकहरुलाई उन्नत जातका बंगुरका पाठी वितरण गरेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट विकास कार्यक्रम अन्तर्गत बंगुर पकेट क्षेत्र महालक्ष्मी नगरपालिका वडा नं.३ र वडा नं.४ का ६० जना कृषकहरुलाई बंगुरका पाठी प्रदान गरिएको हो।

महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल, वडा नं.३ का वडाध्यक्ष भरत थापा, वडा नं.४ का वडाध्यक्ष यज्ञबहादुर चापागाई लगायतले कृषकहरुलाई बंगुरका पाठी प्रदान गरेका हुन् । वडा नं.३ को डाँडागाउँ बंगुर पालक कृषक समूह, वडा नं.४ को राम नगर बंगुर पालक कृषक समूह र भिलिमिले पाङ्चा बंगुर पालक कृषक समूहसँग आवद्ध २०/२० जना कृषकलाई बंगुरको पाठी दिइएको हो । 

त्यस्तै, बंगुरको संख्या बृद्धि गर्न तीन वटै कृषक समूहलाई एक/एक वटा बंगुरका पाठा पनि प्रदान गरिएको महालक्ष्मी नगरपालिकाका पशु सेवा प्राविधिक किरण कार्कीले जानकारी दिए ।महालक्ष्मी नगरपालिकाले वडाहरुलाई फरक–फरक पकेट क्षेत्र घोषणा गरेर व्यावसायिक हिवासले अघि बढ्न सहयोग र हौसला प्रदान गर्दै आएको छ।

प्रकाशित: ५ श्रावण २०७८ ०८:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App