सरकारी अस्पतालमै शल्यक्रिया मार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा शल्यक्रिया मार्फत् सुत्केरी हुनेको सङ्ख्या बढ्दै गएको छ।
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा शल्यक्रिया मार्फत् सुत्केरी हुनेको सङ्ख्या बढ्दै गएको छ।
राष्ट्र सङ्घको नयाँ प्रतिवेदनमा सन् २०३० सम्म जुनोटिक रोग एक नयाँ महामारीको रुपमा देखा पर्ने चेतावनी दिइएको छ।
लामो प्रतीक्षापछि टीकापुर अस्पतालमा ‘हेमोडाइलिसिस’ सेवा सुरु भएको छ।
सामान्य देखिने तनावले कहिलेकाहीँ मानिसलाई जटिल अवस्थामा पुर्याइदिन्छ। विश्व स्वास्थ्य सङ्गठनले सन् १९९० मा गरेको सर्वेक्षणअनुसार तनावचौथो प्रमुख रोग भएको तथ्यको खुलासा गरेको थियो।
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी निवासी प्रदीप पौडेल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा नियुक्त भएसँगै गृह जिल्ला तनहुँवासीले स्वास्थ्य क्षेत्रमा सुधार हुने अपेक्षा राखेका छन्।
स्वास्थ्य सेवा अतिआवश्यकअन्तर्गत पर्छ। यो सेवा कुनै कारण देखाएर बन्द गर्न पाइँदैन।
शहिद गङ्गालाल हृदय केन्द्रले साउन १ गते (मङ्गलवारदेखि) दैनिक १२ घण्टा शल्यक्रिया सुरु गरेको छ।
संयोग बस् दूरदराजका गरिब जनताको स्वास्थ्योपचारमा सहजता ल्याउन गरिएको दूरगामी योजनाका निर्माणकर्ता प्रधानमन्त्री र अर्थमन्त्रीले सोमबार सोही जिम्मेवारी सम्हालेका छन्। यसले यी पाँच, १० र १५ शय्या आधारभूत अस्पतालहरूको काम तीव्र रूपमा बढ्ने अपेक्षा गरिएको छ।
लमजुङमा चन्दा सङ्कलन गरेर केही दिनदेखि एम्बुलेन्स सञ्चालन गरिएको छ ।लमजुङको राइनास नगरपालिका–२ स्थित लालिगुराँस निर्माण क्लबको अगुवाइ तथा सगरमाथा आरोही नरेन्द्र शाहीको पहलमा चन्दा सङ्कलन गरेर भलायखर्क स्वास्थ्य चौकीमा ग १झ ६९४ नम्बरको एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो ।
सरुवा रोगको सङ्क्रमण न्यूनीकरणमा बर्सेनि विभिन्न अभियान सञ्चालन गरिए पनि पर्वतमा प्रभावकारी हुन सकेको छैन।
मौसम परिवर्तनसँगै गर्मी बढेकाले दमौली अस्पतालमा भाइरल ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या बढेको छ ।
कारागार व्यवस्थापन विभाग, केन्द्रीय कारागार अस्पतालले कैदीबन्दीले उपचारका अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भन्ने ध्येयले स्वास्थ्य सेवा प्रवाहलाई थप सुदृढ एवं चुस्त बनाएको छ।
ईशापूर्व २७०० र २१८० ताका इजिप्टको एबुसिर स्थित चिहानमा गाडिएका ६९ मानिसको कंकाल अध्ययन गरिएको थियो। तीमध्ये आधा कागजका काम गर्नेहरू (अहिलेको भाषामा भन्दा लेखक)मा डाढको समस्या देखिएको थियो।
अहिले देशभर भइरहेको वर्षा रोकिएलगत्तै डेंगी संक्रमण फैलिने र डेंगीसँगै जिका भाइरस र चिकनगुनियाँ फैलिने जोखिम रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले औंल्याएको छ।
लुम्बिनी प्रदेशलाई नै पूर्ण खोप प्रदेश घोषणा गर्न बाधक बन्दै आएको कपिलवस्तुलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको छ। जिल्लामा रहेको १५ महिना देखि ५९ महिना सम्मका सबै बालबालिकाहरू खोपको पहुँचमा पुगेको प्रतिवेदन प्रस्तुत गदै जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको हो ।
कोसी प्रदेश पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । आइतबार विराटनगरमा आयोजित कार्यक्रममा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोसी प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश भएको घोषणा गरेका हुन्।
टीकापुर अस्पतालमा पहिलो पटक डाइलासिस सेवा सुरु भएको छ ।मिर्गौला सम्बन्धी समस्या भएका बिरामीहरूका लागि आइतबारदेखि अस्पतालमा डाइलासिस सेवा सुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले जानकारी दिए।
सङ्घ, प्रदेश र स्थानीय तहले समन्वयका साथ काम नगर्दा नागरिकहरू सरकारप्रति सन्तुष्ट देखिँदैनन्। अब बन्ने नयाँ सरकारले विपद् व्यवस्थापनमा पूर्वतयारी गर्न आवश्यक रहेको विज्ञहरुले सुझाव दिएका छन्।
आँबुखैरेनी अस्पतालले आगामी आर्थिक वर्षदेखि शल्यक्रिया सेवा सुरु गर्ने भएको छ । दुई वर्ष अगाडि स्वास्थ्यचौकीबाट स्तरोन्नति भएको अस्पतालमा शल्यक्रिया कक्ष निर्माण भइरहेको अस्पतालका प्रमुख डा डिबी क्षेत्रीले जानकारी दिए ।
बैतडीको पञ्चेश्वर गाउँपालिकामा सञ्चालित बर्थिङ सेन्टर (प्रसूति केन्द्र) बन्द हुँदा स्थानीयलाई समस्या भएको छ। पालिकाले बजेट अभावको कारण देखाउँदै यहाँका आम्चोरा, रोडीदेवल र वडा नं १ मा गरी चारवटा केन्द्र बन्द गरेपछि समस्या भएको हो।
चार वर्षअघि विश्वभर फैलिएको कोभिड–१९ महामारीले केही खास व्यक्तिलाई छुन सकेन। त्यस प्रकारको रोग प्रतिरक्षा गर्न सक्ने अदभूत क्षमताका लागि आनुवंशिक कारण रहेको एक अध्ययनले देखाएको छ।
म्याग्दीका स्वास्थ्य संस्थामा प्रयोग गरिने खानेपानीमा दिसामा हुने जीवाणु ‘ई कोली’ को मात्रा उच्च रहेको पाइएको छ।
कतिपय गर्भवतीलाई कतिपय खानेकुरा खान मन नलाग्न सक्छ । अरुची हुने वा अमन हुने हुन सक्छ । यस्तोमा आफूलाई मनपर्ने खानेकुरा बढी लिन सकिन्छ तर त्यसमा पोषणतत्वको मात्रा भने सन्तुलित बनाउन आवश्यक छ ।
गत वर्षका तुलनामा यस वर्ष कैलालीमा डेङ्गीका बिरामी बढेका छन्।