२३ भाद्र २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

शहिद गङ्गालाल हृदय केन्द्रमा साउनदेखि १२ घण्टा शल्यक्रिया सेवा

शहिद गङ्गालाल हृदय केन्द्रले साउन १ गते (मङ्गलवारदेखि) दैनिक १२ घण्टा शल्यक्रिया सुरु गरेको छ।

यस अघि बिहान ९ बजेदेखि सुरु हुने शल्यक्रिया मङ्गलवारदेखि बिहान ८ बजेदेखि राति ८ बजेसम्म हुनेछ। सेवा अवधि बढाएपछि दैनिक दुई देखि तीन जना वढि बिरामीको शल्यक्रिया हुने सम्भव देखिएको अस्पतालका सूचना अधिकारी सुदिप दाहालले जानकारी दिए।

यस अघि दैनिक ६ देखि ७ जना बिरामीको  मात्र शल्यक्रिया हुने गरेको थियो । अस्पतालले शल्यक्रियाको लागि तीन वटा युनिट मार्फत सेवा दिइरहेको छ।

अस्पतालमा बिरामीको चापको कारण समयमै शल्यक्रिया हुन नसक्दा मुटुका बिरामीले लामो समय पालो कुर्नु पर्ने समस्यालाई व्यवस्थापन गर्नको लागि सेवा अवधि बढाएको उनले जानकारी दिए ।

यो व्यवस्थापनको लागि अस्पतालका सर्जरी विभागका प्रमुख डा.रामेश्वर कोइरालाले प्रस्ताव अघि सारेको र सो प्रस्तावलाई अस्पतालका निर्देशक डा रवि मल्लले कार्यान्वयन गरेको दाहालले जानकारी दिए ।

अस्पतालका सूचना अधिकारी सुदिप दाहालका अनुसार अस्पतालमा आउने बिरामीको चापलाई व्यवस्थापन गर्नको लागि हाल तीन वटा शल्यक्रिया थिएटर सञ्चालनमा छन् भने थप दुई वटा थिएटर निर्माणका क्रममा रहेका छन् । 

थप दुई थिएटर सहित पाँच वटा शल्यक्रिया थिएटर सञ्चालनमा आएपछि बिरामीले सहज सेवा पाउनेछन् । ‘ सकेसम्म बिरामीले शल्यक्रियाको लागि लामो समय पर्खिनु नपरोस् भन्ने उद्देश्यले शल्यक्रिया सेवालाई विस्तार गरिरहेको छ’ दाहालले भने । अस्पतालमा आउने बिरामीको चापको कारण रोगेको प्रकृति हेरी एक महिनादेखि तीन महिनासम्म शल्यक्रियाका लागि पालो पर्खिनु पर्दछ । 

प्रकाशित: १ श्रावण २०८१ १५:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App