१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

म्यान्मारमा विवादास्पद निर्वाचन : सेना समर्थित दललाई स्पष्ट बहुमत

म्यान्मारको प्रमुख सैन्य समर्थक पार्टीले जुन्ता सरकारको नेतृत्वमा भएको पहिलो चरणको चुनावमा जित हासिल गरेको सोमबार सार्वजनिक अन्तिम परिणामले देखाएको छ। 

निर्वाचनमा सेना समर्थित दलले तल्लो सदनको लगभग ९० प्रतिशत सिट जितेको घोषणा गरिएको छ।

सन् २०२१ मा निर्वाचित आङ सान सुकीको प्रजातान्त्रिक सरकारलाई सेनाले सैन्य विद्रोह मार्फत अपदस्थ गरेको थियो। त्यसपछि पहिलो पटक एक महिनाको अवधिमा तीन चरणमा निर्वाचन गरिरहेको छ। दोस्रो चरणको निर्वाचन जनवरी ११ र तेस्रो जनवरी २५ मा हुँदैछ।

पश्चिमा कूटनीतिज्ञ र प्रजातन्त्रवादी पक्षधरहरूले म्यान्मारकी नेतृ सुकीको दलको विघटन, नेतृत्वको नागरिक सरकारलाई अपदस्थ गरेको भनेका छन्। साथै, निर्वाचित सांसदहरूलाई अपदस्थ गरी असन्तुष्टहरूमाथिको दमन र सैन्य सहयोगीहरूको साथ मतदान भएको भन्दै चुनावलाई सैन्य शासनलाई पुनः अनुमोदन गर्ने चालको रूपमा व्याख्या गर्दै सम्पूर्ण प्रक्रियाप्रति असहमति जनाएका छन्। उनीहरूले मत  परिणामलाई पनि स्वीकार गर्न मानेका छैनन्।

जारी नतिजा अनुसार सैनिक समर्थक दलले पहिलो चरणको तल्लो सदनका लागि निर्वाचन भएका १०२ स्थानमध्ये ८९ सिटमा जित हासिल गरेको छ।

दलको जित डिसेम्बर २८ मा भएको पहिलो चरणको मतदानमा समावेश गरिएको तल्लो सदनको ८७ प्रतिशतभन्दा बढी सिटको बराबर हो। बाँकी प्रायः जातीय अल्पसङ्ख्यकहरूको प्रतिनिधित्व गर्ने दलहरूले जितेका बताइएको छ।

धेरै विश्लेषक र लोकतन्त्र पक्षधर अभियन्ताहरूले दललाई पार्टीमा वरिष्ठ पदहरूमा सेवा गर्ने सेवानिवृत्त अधिकारीहरूको ठूलो संख्यालाई उद्धृत गर्दै सेनाको प्रोक्सीको रूपमा वर्णन गर्छन्।

जनवरी २५ मा हुने तेस्रो र अन्तिम चरणको मतदानपछि समग्र परिणाम आउने बताइएको छ।

मतदानको बावजुद, तल्लो सदनको एक चौथाइ सिट र प्रमुख मन्त्रिपरिषद् पदहरू देशको सैन्य मस्यौदा संविधानको सर्तहरू अन्तर्गत सशस्त्र बलका सदस्यहरूका लागि आरक्षित हुनेछन्।

सन् २०२० मा भएको पछिल्लो निर्वाचनमा सुकीको पार्टीले सेना समर्थित दललाई पराजित गरेको थियो।

अहिले निर्वाचनमा ८० वर्षीया सुकी नागरिकको सम्पर्कभन्दा बाहिर जेलमा रहेकी छन् भने उनको दलले निर्वाचन बहिस्कार गरेको छ।

लामो समयदेखि केन्द्रीय शासनको विरोध गर्दै आएका जातीय अल्पसङ्ख्यक सशस्त्र समूहहरूसँग लड्न प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरूले छापामार एकाइहरू गठन गरेपछि सैन्य विद्रोह गरी बनेको सरकार र विपक्षी समूहबीच द्वन्द्व भएको र यो गृहयुद्धमा परिणत भएको थियो।

विद्रोही समूहहरूले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा मतदान रोक्ने वाचा गरेका छन् भने जुन्ता सरकारले पनि मतदान देशव्यापी रूपमा हुन नसक्ने स्वीकार गरेको छ। एजेन्सी

प्रकाशित: २२ पुस २०८२ ०८:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App