१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

सर्लाहीमा बेहोस भएर ढलेका मतदान अधिकृतको मृत्यु

सर्लाहीमा बेहोस भएर ढलेका एक मतदान अधिकृतको मृत्यु भएको छ।

सर्लाही क्षेत्र नम्बर-२ को पर्सा गाउँपालिका वडा नम्बर-४ जिङ्गडवामा स्थित आधारभूत विद्यालय जिङ्गडवा (क) मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ४२ वर्षीय रघुनाथ महतोको मृत्यु भएको हो।

मङ्गलबार दिउँसो मतदान केन्द्रमा पुगेका महतो एक्कासि बेहोस भएर ढलेपछि सुरक्षाकर्मीले उनलाइ उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याएका थिए।

रौतहटको माधवनारायण नपा-६ घर भएका मतदान अधिकृत महतो बरहथवा स्वास्थ्य चौकिका सिनियर अहेव पदमा कार्यरत हुन्।

प्रकाशित: १९ फाल्गुन २०८२ १६:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App