निर्वाचन विथोल्ने प्रयासमा लागेको आरोपमा प्रहरीले ३२ जनालाई पक्राउ गरेको छ।
आगामी बिहीबार हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई प्रभाव पार्ने गरी विभिन्न सामाजिक सञ्जालहरूमा भिडियो अपलोड तथा सेयर गरी झुट्टा अफबाह फैलाएको आरोपमा प्रहरीले ३२ जनालाई पक्राउ गरेको हो।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १९ फाल्गुन २०८२ १६:५६ मंगलबार



-600x400.jpg)

