२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

युक्त गुरुङको पार्थिव शरीर काठमाडौं आइपुग्यो

पाकिस्तानको ब्रड पिकमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका १० जनामध्ये पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शव आज काठमाडौं आइपुगेको छ ।  

कतार एयरवेजको विमानमार्फत दोहा हुँदै युक्तको शव काठमाडौं ल्याइएको हो ।  

विमानस्थलमा उनका परिवारका सदस्य, आफन्त, साथीभाइ, पर्वतारोहण समुदायका प्रतिनिधि तथा शुभेच्छुकहरू उपस्थित भई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।

इलाइट एक्सपिडका अनुसार उनको शव काभ्रेस्थलीस्थित निवासमा पुर्‍याइने छ ।  

यही दुर्घटनामा ज्यान गुमाएका कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ)को शव बेलायत लगिने भएको छ ।  

ब्रड पिक आधार शिविरबाट बुधबार सार्वजनिक गरिएको विवरणअनुसार निम्स पुर्जाको शव दुर्घटनाको सातौं दिन अत्यन्त कठिन र जोखिमपूर्ण उद्धार अभियानपछि हिमालबाट सुरक्षित रूपमा आधार शिविर झारिएको थियो ।  

उद्धार टोलीको नेतृत्व इम्याजिन नेपालका सञ्चालक तथा गाइड मिङ्माले गरेका थिए भने सिरबाज खानसहितको टोलीले प्रतिकूल मौसम र जोखिमपूर्ण भूभागबीच अभियान सम्पन्न गरेको थियो । 

प्रकाशित: २१ श्रावण २०८३ १८:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App