२३ भाद्र २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

गर्भावस्थामा के खाने, के नखाने ?

गर्भवती भएको समय पेटमा हुर्किंदै गएको शिशुको विकासका लागि पोषण खानेकुरा पहिलो सर्त हो । गर्भावस्थामा आमाले खाने पोषणयुक्त खानेकुराले शिशुको शारीरिक अवस्था र स्वास्थ्य निर्धारण गर्छ । बच्चाको समग्र विकास आमाको खानपानमा निर्भर हुन्छ । कतिपय गर्भवतीलाई कतिपय खानेकुरा खान मन नलाग्न सक्छ । अरुची हुने वा अमन हुने हुन सक्छ । यस्तोमा आफूलाई मनपर्ने खानेकुरा बढी लिन सकिन्छ तर त्यसमा पोषणतत्वको मात्रा भने सन्तुलित बनाउन आवश्यक छ ।  गर्भवती महिलाले फोलिक एसिड, आइरन, क्याल्सियम, आयोडिन र ओमेगा ३ फ्याटी एसिड जस्ता तत्वले समग्र बच्चाको विकासमा भूमिका खेल्छ ।  

गर्भावस्तामा लिएको खानेकुराले प्रसुतिपछि पनि आमाको स्वास्थ्यमा ठूलो परिवर्तन ल्याउन सक्छ । प्रसुतिपछि देखिने रक्तअल्पता, कब्जियत, उच्चरक्तचाप, मधुमेहलगायतको जटिल समस्या न्युनीकरणका लागि गर्भावस्थामा पोषणतत्व बढी लिन आवश्यक छ ।  

गर्भावस्थामा हुने वाकवाकी, अरुचीलगायत हुने गरेपनि अरुबेला भन्दा खानाको मात्रा कम तर पटक पटक खान सकिन्छ । खान भने छाड्न हुन्न । गर्भवती महिलाले खाने खानेकुरामा फाइबर, प्रोटिन र कार्बोहाइड्रेट जस्ता पोषक तत्वको मात्रा बढी हुनुपर्छ ।  

आफूलाई मन पर्ने खानेकुरा मात्र बढी खानाले सन्तुलिन पोषणतत्वको मात्रा अपुग हुन सक्छ । यसले आफू र बच्चाको विकासमा समस्या दिन सक्छ । भिटामिन डीको कमी भयो भने चिकित्सकले दिएको समयभन्दा अघि नै बच्चा जन्मन सक्ने सम्भावना पनि हुन्छ ।  

यस्तोमा तरकारी, फलफूल, व्होल ग्रेन, बदाम, माछा र ओलिभ ओइल बढी खानु पर्छ । गर्भावस्थामा हरियो सागपात, बन्दागोभी र ब्रोकाउली लाभदायक देखिए पनि काँचो खानेकुरा भने हानिकारण हुन सक्छ ।  

दूध र दुग्धजन्य पदार्थको सेवनले बच्चाको विकासका लागि प्रोटिन र क्याल्सियमको पूर्ति गर्छ ।

ताजा फलफूल, ड्राइफ्रुट जस्तै बदाम, ओखर, काजु लगायत खानेकुरा, अण्डा, ओट्स, ब्राउन राइसको नियमित सेवनले आमा र बच्चाको स्वास्थ्यमा फाइदा पुर्याउँछ । दिनमा कम्तीमा चार लिटर पानी पिउनाले डिहाइड्रेसनबाट बचाउँछ ।  

शाकाहारी महिलाले पनि गर्भावस्थामा माछामासुको सेवन बिना नै आवश्यक पोषणतत्व पूरा गर्न सक्छन् । दाल, तोफु, बदाम, फर्सीको बियाँ, ओखर, आलस, क्यानोला तेल, एभोकाडो, ओमेगा–३ लगायतको दैनिक प्रयोगले महिलालाई आइरन, भिटामिन बी १२ र ओमेगा ३ फ्याटी एसिडको मात्रा पूरा गराउँछ ।  

गर्भावस्थामा चिकित्सकको सल्लाह बिना कुनै पनि औषधि लिनु हुँदैन भने बढीमात्रामा चिया, विभिन्न प्रकारका जंकफुड, अत्यधिक चकलेट, मदिरा, चुरोट र कफी बिस समान हुन्छ । यसप्रकारका खानेकुराले भ्रूणको विकासमा असर गरी गर्भापतनको जोखिम बढाउँछ । काँचो मेवा, टुसा उमरिएको खानेकुरा पनि नलिन चिकित्सकहरु सुझाउछन् । प्रशस्त मात्रामा ओमेगा फ्याटी एसिड लिनाले एक वर्षसम्मका शिशुमा दृश्य र संवेगात्मक विकास उच्च हुने तथा गर्भधारण गर्नु तीन महिनाअघिदेखि नियमित फोलिक एसिड खानाले बच्चाको डीएनए र कोषहरु बनाउन मद्दत गर्ने चिकित्सकहरु बताउँछन् ।

प्रकाशित: २७ असार २०८१ १६:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App