मनकामना अस्पतालसँग घटना विवरण माग
मनकामना अस्पताललाई स्वास्थ्य कार्यालय चितवनले पत्र काटेको छ। शनिबार गर्भपतन गराउने क्रममा एक महिलाको मृत्यु भएपछि कार्यालयले अस्पताललाई घटना विवरणबारे लेखी पठाउन पत्र भनेकाे हो।
मनकामना अस्पताललाई स्वास्थ्य कार्यालय चितवनले पत्र काटेको छ। शनिबार गर्भपतन गराउने क्रममा एक महिलाको मृत्यु भएपछि कार्यालयले अस्पताललाई घटना विवरणबारे लेखी पठाउन पत्र भनेकाे हो।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका अनुसार विराट नर्सिङ होममा ३५ वर्षीया महिलाको उपचारको क्रममा निधन भएको हो।
कान्ति बाल अस्पतालमा शैय्याको अभाव हुँदा बिरामीहरु मर्कामा परेका छन्।
सरकारले अति विशिष्ठ व्यक्ति (भिभिआइपी) र विशिष्ट व्यक्ति (भिआइपी)को स्वास्थ्य उपचार समिति गठन गरेको छ।
जीवन बीमाको पहुँचमा कर्णाली निकै कमजोर देखिएको छ। नेपाल बीमा प्राधिकरणको तथ्याङ्कलाई हेर्दा बागमती प्रदेशको कुल जनसङ्ख्यामा ४४ दशमलव नौ प्रतिशत नागरिक बीमा कार्यक्रमको पहुँचमा छन्।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको मानवीय संवेदनासित जोडिएका स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन्।
चितवनको मनकामना अस्पतालले सम्बन्धन प्राप्त नगरी गर्भपतन गराउने गरेको खुलेको छ। गर्भपतनका क्रममा चार महिने गर्भवतीको मृत्यु भएपछि सम्बन्धित निकायबाट सम्बन्धन नलिई गर्भपतन गराउने गरेको खुलेको हो।
चितवन सहितका जिल्लामा यति बेला आँखा पाक्ने रोग निकै बढेर गएको छ। कतिपय पालिका शिक्षण संस्था बन्द गरेर रोग नियन्त्रणमा जुटेका छन्। चिकित्सकले कोभिड–१९ झै हातको सरसफाइ, सामाजिक दूरी कायम गर्नसके रोगबाट बच्न सकिने सुझाव दिएका छन्।
चितवनसहितका जिल्लामा यति बेला आँखा पाक्ने रोग निकै बढेर गएको छ। कतिपय पालिका शिक्षण संस्था बन्द गरेर रोग नियन्त्रणमा जुटेका छन्।
बाजुरा जिल्ला अस्पतालमा बिरामीको चाप बढेको देखिन्छ। कुनै बेला अस्पताल नपुगी मेडिकलबाटै फर्किने विरामी पनि अस्पताल पुग्ने गरेका छन्।
जुम्लाका २३ प्रतिशत नागरिक अहिले पनि बिमाको पहुँचमा पुग्न सकेका छैनन्। स्वास्थ्य बिमा बोर्ड कार्यालय जुम्लाको तथ्यांकअनुसार ८० हजार ४ सय ७३ जना नागरिक बिमाको पहुँच भन्दा बाहिर छन्।
भरतपुर क्यान्सर अस्पतालले पेट स्क्यान मेसिन किन्ने तयारी गरिरहेको छ। तत्कालीन राष्ट्रपति रामवरण यादवको सिफारिसमा तत्कालीन सरकारले भरतपुर क्यान्सर अस्पतालका लागि पेट स्क्यान मेसिन खरिद गर्न बजेट विनियोजन गरे पनि अहिलेसम्म किनिएको छैन।
यौन रोग विशेषज्ञहरूले आम मानिसहरूलाई उमेर अनुसार यौनसँग सम्बन्धित शिक्षा दिनुपर्ने बताएका छन् ।
साउन २८ गते देखि दादुरा रुवेलाको खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ।
देशभर आँखा पाक्ने रोगका कारण समस्या बढ्दै गएसँगै मधेस प्रदेशका जिल्लामा आँखा पाक्ने रोग महामारीको रुप लिन थालेपछि आइतबारदेखि प्रदेशका शैक्षिक संस्थाहरु बन्द गर्न थालिएको छ।
बागमती प्रदेश सरकारले प्रदेशका १३ जिल्लाका लोपोन्मुख तथा पछाडि परेका समुदायको निःशुल्क स्वास्थ्य बीमा गराउने प्रक्रिया सुरु गरेको छ। उक्त कार्यक्रमका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि रु पाँच करोड २५ लाख बजेट बिनियोजन गरेको छ।
विभिन्न अस्पतालमा आँखा पाक्ने रोगको समस्या बढ्दै गएको छ।
बाँकेका नेपालगन्ज, कोहलपुर लगायतका स्थानमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएका छन्। करिब दुई हप्तादेखि फैलिएको आँखा पाक्ने रोगबाट यहाँका विद्यार्थी तथा बालबालिका बढी प्रभावित भएका हुन्।
कर्णालीका विभिन्न जिल्लामा आँखा पाक्ने रोग देखापरेको छ। सुर्खेत, दैलेख र कालिकोटका स्वास्थ्य संस्थामा उपचारका लागि आउने आँखाका रोगीहरूको भीड नै लाग्ने गरेको छ।
नेपालमा डेङ्गु भाइरसको सङ्क्रमण सेरोटाइप–२ स्वरुप बढी सक्रिय रहेको पाइएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप–२ स्वरुप बढी देखिएको हो।
धरान खानेपानी व्यवस्थापन बोर्डमार्फत नगरवासीहरूको लागि वितरण भइरहेको पिउने पानीमा दिसाजन्य ब्याक्टेरिया कोलिफर्म मिसिएको पाइएको छ।
कैलाली र कञ्चनपुरमा आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएको हो। आँखा पाक्ने रोगका कारण अहिले दैनिक सयौंको संख्यामा बिरामीहरु आँखा उपचारका लागि अस्पताल पुग्ने गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका आठ वटा अस्पतालहरूको अनुगमन गरेको छ।स्वास्थ्य मन्त्रालयले आज काठमाडौंका चार, ललितपुर र भक्तपुरका २/२ वटा सामुदायिक र निजी अस्पतालको अनुगमन गरेको हो ।
विराटनगरको कोशी अस्पताल, प्रदेशशिक अस्पताल, रानी अस्पताल र बैजनाथपुर अस्पतालमा डेंगु संक्रमितको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको विराटनगर महानगरपालिकाले जनाएको छ।