२८ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

मोटोपनमा दोषी को?

यस्ताे पनि!

फाइल तस्वीर

सन् १९९० को दशकमा संसारभर मोटोपन बढ्दै जाँदा त्यसको दोष बोसोलाई दिइन्थ्यो। प्रायः खान्कीमा बढीजसो तेलजन्य खाद्यपदार्थ खाइने भएकाले मोटोपन बढेको आरोप लाग्ने गर्थ्याे। त्यसपछि सन् २००० को दशकमा यो दोष कार्बोहाइड्रेटलाई बढी दिन थालियो। त्यसैले चिकित्सकहरूले खान्कीमा कार्बोहाइड्रेड छल्न सुझाव  दिन थाले। पछिल्लो समय अर्थात् सन् २०२० यता भने अल्ट्राप्रोसेस्ड फूड (युपिएफ)लाई यसको दोष दिन थालिएको छ।

अचेल कम तारेको वा कम भुटिएको खाना छ भने त्यो स्वस्थकर हो भनी हल्ला मच्चाइँदै छ। तर सधैँ कम भुटेको, कम तारेको खान्की भन्दैमा त्यो स्वस्थकर नै हुन्छ भन्ने कुनै छैन। अमेरिकन सोसाइटी अफ न्युट्रिसन इन सिकागोले अल्ट्रा प्रोसेस्ड फुड (धेरै तारेको वा भुटेको) कति मात्रा खाँदा त्यसले हामीलाई हानि गर्छ भन्नेबारे राम्ररी अध्ययन हुन बाँकी रहेको बताएको छ।

सन् १९९५ र १९९६ मा अमेरिकाका पाँच लाख सर्वसाधारणलाई उनीहरूले गत वर्ष सबैभन्दा बढी युपिएफ के खाए भनी सोधिएको थियो। त्यसको ठीक दुई दशकपछि सोही अध्ययन गरिँदा बढी मात्रामा युपिएफ खाइरहेकाहरूमध्ये १० प्रतिशतमा मोटोपनका कारण मृत्यु भएको देखिएको छ। के उसो भए ती व्यक्तिहरू जसको मोटोपनको कारण मृत्यु भएको थियो, युपिएफकै कारण मृत्यु भएको हो त ? यतिबेला अध्येताहरू यसैमा लागिपरेका छन्।

युपिएफ रुचाउनेहरूले पर्याप्त शारीरिक व्यायाम र राम्रो निद्रा नियमित गरेको खण्डमा यस्ता समस्याबाट उनीहरू मुक्त हुने पनि अध्ययनले देखाएको छ। खाइरहने तर शारीरिक अभ्यास नगर्ने र निद्रा पनि पर्याप्त नलिनेहरूमा चाँडै नै मोटोपनको शिकार मात्र नभई उनीहरूको मृत्युको सम्भावना पनि बढी देखिएको अध्येताहरूले जोड दिएका छन्।

युपिएफ कति र कसरी खायो भने ‘बढी’ खाएको हुन्छ ? र, कति र कसरी खायो भने कम हुन्छ भन्नेबारे मानक अझै बन्न सकेको छैन। पहिले जे जस्तो मानक बनाइएको थियो, त्यो सफ्ट ड्रिङ्क, कुकिज् र चकलेटहरूलाई मापन गरी बनाइएको थियो। यसलाई काट्न सागसब्जी, गहुँबाट तयार खान्की फाइबर, आइरन र अन्य साना पोषकतत्वहरूलाई अगाडि सार्न थालियो।

पछिल्लो समय युपिएफविरुद्ध जेहाद छेड्न थालिएपछि केही वैज्ञानिकले सारा दोष युपिएफलाई मात्र दिन नहुने आवाज उठाइरहेका छन्। तर युपिएफमा सय प्रतिशतको तुलनामा ४४ प्रतिशत मात्र पोषक तत्व हुने भएकाले यसमाथि वक्रदृष्टि परेको हो भन्ने केही अनुसन्धाताको धारणा छ।  

प्रकाशित: २ भाद्र २०८१ ०६:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App