८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कोरोना नियन्त्रणमा सफल ताइवान

विश्व समुदाय कोरोना भाइरस महामारी रोकथामका लागि संघर्ष गरिरहेका बेला ताइवानमा भने २ सय दिनयता स्थानीयस्तरमा एक जनालाई पनि संक्रमण भएको छैन।

महामारी नियन्त्रणमा ताइवान विश्वमै प्रभावशाली देश मानिन्छ। दुई करोड ३० लाख जनसंख्या रहेको यो द्विप राष्ट्रमा पहिलोपटक गत अप्रिल १२ तारिखमा कोरोना संक्रमण देखिएको थियो। जुन दिन इसाई धर्मावलम्बीको चाड ‘इस्टर सन्डे’ परेको थियो। गत बिहीबारसम्मको तथ्यांकअनुसार  ताइवानमा कोरोनाबाट संक्रमित जम्मा ५ सय ५३ जना छन्। तीमध्ये पनि ५५ जना मात्र समुदायस्तरका संक्रमित हुन्।  कोरोनाका कारण हालसम्म ७ जनाको मृत्यु भएको छ।

‘इस्टर सन्डे’ अमेरिकी नागरिकले पनि महत्वसाथ मनाउँछन्। यो पर्व आउनु एक महिनाअघि नै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पर्वका बेलासम्म देश खुला रहने र उत्साहसाथ पर्व मनाउन पाइने बताएका थिए। त्यतिबेला नोबल कोरोना भाइरसबाट विश्वभर १७ लाख मानिस मात्र संक्रमित भएका थिए भने १ लाख १० हजार जनाको मृत्यु भएको थियो। अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयका अनुसार गत शुक्रबारसम्म विश्वमा संक्रमितको संख्या ४ करोड ५० लाख नाघिसकेको छ भने तीमध्ये ११ लाख जनाको मृत्यु भइसकेको छ।

कोरोना महामारी नियन्त्रणका लागि भनेर ताइवानले कहिले न कडा लकडाउन गर्यो न त छिमेकी मुलुक चीनमा जस्तो नागरिक स्वतन्त्रतामै विभिन्न प्रतिबन्ध लगायो। बरु महामारीविरुद्धको अभियानलाई व्यापक बनायो। चीनको वुहानबाट सीधा उडानमार्फत आउने यात्रुलाई ताइवानले स्क्रिनिङ (कोरोना संक्रमण छ कि छैन परीक्षण गर्ने एक विधि) गर्यो। त्यतिबेला भाइरस हल्लाको विषय मात्र थियो र यसबारे विश्व समुदायलाई सीमित मात्र जानकारी थियो।

युरोपेली राष्ट्र फ्रान्स र जर्मनले दोस्रोपटक लकडाउन जारी गरेकै  साता ताइवानले भने सुरुमा उल्लिखित अभूतपूर्व सफलता हासिल गरेको हो। अमेरिकामा पनि एक दिनमै ८८ हजारभन्दा बढी कोरोना संक्रमित भेटिन थालेका छन्। ताइवानको जति नै जनसंख्या भएको फ्लोरिडा राज्यमा गत बुधबार थप ४ हजार १ सय ८८ संक्रमित फेला परेका छन्।

कोरोना महामारी नियन्त्रणका लागि भनेर ताइवानले कहिले न कडा लकडाउन गर्यो न त छिमेकी मुलुक चीनमा जस्तो नागरिक स्वतन्त्रतामै विभिन्न प्रतिबन्ध लगायो। बरु महामारीविरुद्धको अभियानलाई व्यापक बनायो। चीनको वुहानबाट सीधा उडानमार्फत आउने यात्रुलाई ताइवानले स्क्रिनिङ (कोरोना संक्रमण छ कि छैन परीक्षण गर्ने एक विधि) गर्यो। त्यतिबेला भाइरस हल्लाको विषय मात्र थियो र यसबारे विश्व समुदायलाई सीमित मात्र जानकारी थियो।

ताइवानमा गत जनवरी २१ मा पहिलो संक्रमित पहिचान भएको थियो। त्यतिबेलादेखि नै चीनको वुहानका बासिन्दालाई ताइवान आउन प्रतिबन्ध लगाइयो। चीन, हङकङ र मकाओबाट आउने हरेक यात्रुको स्क्रिनिङ थालियो। विश्वमा सबैभन्दा पहिले कोरोना संक्रमण सुरु भएको चीनको वुहानमा लकडाउन गर्नुअघि नै ताइवानमा यस्ता उपाय अवलम्बन गरिएका थिए। मार्चसम्म आइपुग्दा ताइवानले सबै विदेशी नागरिकलाई आफ्नो देशमा प्रवेश निषेध गरिसकेको थियो। कूटनीतिज्ञ र विशेष भिसावालालाई मात्र प्रवेशको अनुमति दिइएको थियो।

त्यसो त ताइवानमा पश्चिमा मुलुकसँग नभएको विशेष भौगोलिक अवस्था छ। अर्थात् द्विप भएकाले ताइवानका अधिकारीलाई सीमामा हुने  आवतजावतमा कडाइ गर्न तुलनात्मक रूपमा सजिलो छ।

त्यसैगरी ताइवानसँग महामारी नियन्त्रणको अनुभव पनि छ। सन् २००३ मा फैलिएको श्वासप्रश्वाससम्बन्धी सार्सको संक्रमणले ताइवानलाई महामारीविरुद्ध लड्ने क्षमता विकास गर्ने अवसर प्रदान गरेको त्यहाँका परराष्ट्रमन्त्री जोसेफ उ बताउँछन्।

‘जब हामीले रहस्यमय भाइरसले चीनमा संक्रमण गरेको र बिरामीलाई आइसोलेसनमा राखेर उपचार गरिएको जानकारी पायौं, तब हामीलाई लाग्यो– यो सार्सकै प्रकृतिको भाइरस हुन सक्छ,’ उनले एक अन्तर्वार्तामा भनेका छन्।

ताइवानका अधिकारीले सार्स महामारीकै बेला गठन गरिएको सेन्ट्रल इपिडेमिक कमान्डलाई सक्रिय पारे, जसले गर्दा मन्त्रालयस्तरको समन्वय प्रभावकारी बन्यो। यसैगरी त्यहाँको सरकारले मास्क र व्यक्तिगत सुरक्षा सामग्रीको उत्पादनलाई तीव्रता दियो र यिनको आपूर्तिलाई सुनिश्चित गर्यो। अनि त्यतिबेला नै व्यापकस्तरमा कोरोनाको परीक्षण र छिटो एवं प्रभावकारी कन्ट्याक्ट ट्रेसिङमा जोड दियो।

महामारी विज्ञसमेत रहेका ताइवानका पूर्वउपराष्ट्रपति चेन चियनजेन महामारी नियन्त्रणका लागि लकडाउन सही उपाय नभएको बताउँछन्। उनी केही संक्रमित पत्ता लगाउन चीनले गरेजस्तो लाखौं मानिसको परीक्षण पनि आवश्यक नरहेको तर्क गर्छन्।

‘सावधानीपूर्वक कन्ट्याक्ट ट्रेसिङ र सम्र्पकमा रहेकालाई कडा क्वारेन्टिनको व्यवस्था गर्दा महामारी नियन्त्रणमा आउन सक्छ,’ उनी भन्छन्।

 

 

प्रकाशित: १७ कार्तिक २०७७ ००:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App